विराटनगर भन्सारमा आयात निर्यात १२ दिन  बन्द

विराटनगर भन्सारमा आयात निर्यात १२ दिन  बन्द

विराटनगर : मर्मतका लागि भन्दै भारतले मीरगञ्ज पुलबाट हुने आवगमन बिहीबार बिहानबाट पुन बन्द गरेको छ । पुल बन्द गर्दा नेपालमा हुने आयात निर्यात ठप्प भएको छ । 

यो पुल हुँदै नेपालकै दोस्रो ठुलो नाका विराटनगर भन्सारबाट भारतसहित तेस्रो मुलुकबाट आयात हुने गरेको थियो । भारतको बथनाहामा रहेको मीरगञ्ज पुल मर्मतका लागि भन्दै भारतले १२ दिन बन्द गर्ने बताएको छ ।

भारतले यस अघि ९ दिन बन्द गरेर एकसाता अघि मात्र पुल सञ्चालनको अनुमति दिएको थियो । पुन बिहीबार (आज) बाट माघ ६ गतेसम्म पुल बन्द गर्ने सूचना नेपाललाई दिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पोखरेलले बताए । 

भारतले पुलबाट आयात निर्यात बन्द गरे पनि विकल्पमा अन्य रुट प्रयोग गर्नसमेत नदिएको भन्सार अधिकारीले जानकारी दिएका छन् ।  विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पोखरेलका अनुसार भारतले तेस्रो मुलुकबाट सामान लिएर आएका सवारी साधनलाई मात्र वैकल्पिक रुट प्रयोग गर्न दिने बताएको छ । 

तेस्रो मुलुकबाट आयत भएका सामानलाई वीरपुर–भाण्टाबारी रुट प्रयोग गर्न दिने तर भारतबाटै आएका मालबहाक सवारी साधनलाई भने जान नदिने अडान लिएको छ । विराटनगर नाका हुँदै भित्रने औद्योगिक कच्चा पदार्थ र ट्रेडिङका सामाग्री भारतबाट आयात हुन्छ । ११ दिनसम्म पुल बन्द हुँदा वैकल्पिक रुट प्रयोग गर्न नदिने हो भने निजी क्षेत्रलाई ठूलो असर पर्ने उद्योगी बताउँछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.