वडा कार्यालयमा राखिएको बम डिस्पोज
सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिका ३ मथौलीको वडा कार्यालयमा भेटिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ । बुधबार दिउँसो कार्यालय सरसफाइ गर्ने क्रममा भेटिएको बमलाई सिन्धुलीमा रहेको नेपाली सेनाको बर्दबहादुर गणको बम डिस्पोजल टोलीले बिहीबार दिउँसो डिस्पोज गरेको सिन्धुलीकी प्रहरी प्रमुख (एसपी) रन्जु सिग्देलले बताइन् ।
बुधबार अज्ञात समूहले राखेको बम शक्तिशाली भएको सेनाले जनाएको छ । वडा अध्यक्षको कार्यकक्षलाई लक्षित गरी राखिएको बम वडा कार्यालयको पछाडी पट्टी भित्तामा फेला परेको थियो ।
बम कसले राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान समेत थालेको जनाइएको छ । एउटा मोबाइलसहित प्रेसर कुकरमा फिट गरिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो।