इन्टरनेट अनिवार्य : जहाँ पुग्यो त्यहीँ आवश्यक

इन्टरनेट अनिवार्य : जहाँ पुग्यो त्यहीँ आवश्यक

एक दशक अगाडिसम्म विलासिता मानिएको इन्टरनेट हिजोआज हरेक व्यक्तिको आवश्यकता भएको छ। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म मानिस कुनै न कुनै रूपमा इन्टरनेटमै जोडिइरहेका हुन्छन्। घरमा बस्दा इन्टरनेटबिना बस्नै नसक्ने र बाहिर निस्कँदा पनि जहाँ पुग्यो त्यही इन्टरनेट सुविधा खोज्ने गरिन्छ। घरमा बस्दामात्रै हैन घरबाहिर कार्यालय, रेस्टुरेस्ट, होटल, पार्क, कुनै नयाँ स्थान जहाँ पुग्यो त्यहीँ इन्टरनेट खोजी हुन्छ।

हिजोआज पहिलो आवश्यकता वाइफाइ हुन थालेको छ। त्यतिमात्रै हैन, युवा कुनै स्थानमा घुम्न पुगे वा सहरबाट बाहिर निस्किएर पदयात्रामा गए पनि आवश्यकता इन्टरनेटकै हुने गर्छ। मानवीय जीवनयापनलाई सहज बनाउने मात्रै नभएर अनिवार्य आवश्यकता भएको छ, इन्टरनेटको प्रयोग।

इन्टरनेट प्रयोगबाट हिजोआज सबै काम सहज हुने गरेका छन्। इन्टरनेटको माध्यमले विश्वको कुनै पनि कुनाको सूचना र सन्देश आदानप्रदान मात्रै नभएर जीवनशैलीलाई सहज बनाएको छ। सेवा र सुविधा लिन सहज भएकाले पनि यो अनिवार्य बनेको नेपाल टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन्। ‘प्रविधिको विकाससँगै इन्टरनेटमा धेरै परिवर्तन आइसकेको छ। असीमित क्षमतामा चलाउन र आवश्यकताअुनसार जहिले जहाँ पनि प्रयोग गर्न सकिने भएको छ’, उनले भने, ‘पहिले टेलिफोनमा इन्टरनेट चल्थ्यो, अहिले इन्टरनेटमा टेलिफोन चल्छ।’

डायलअपदेखि अनलिमिटेड इन्टरनेट

सरकारी कम्पनी नेपाल टेलिकमले २०५६ सालमा डायलअप सेवा दिँदा निकै कम गतिमा इन्टरनेट चल्ने गथ्र्यो। त्यतिबेला टेलिकमले दुई एमबीपीएससम्म इन्टरनेट सेवा दिने गरेकोमा अहिले असीमित गतिको फाइबर इन्टरनेट सुविधा दिइरहेको छ। बजारमा ग्राहकले कम्तीमा २० एमबीपीएसमा तारसहित वा ताररहित इन्टरनेट सेवा पाउन थालेका छन्। पहिले टेलिकम इन्टरनेट २५६ केबीपीएसको हुन्छ भन्ने गरिएको भए पनि त्यतिबेला ३० देखि ४० केबीपीएसमा मात्रै चल्थ्यो। अहिले त्यही सेवा फाइबर इन्टरनेटमा न्यूनतम आठ एमबीबीएसदेखि असीमित गतिमा आइपुगेको छ।

इन्टरनेटले विश्वको एउटा कुनाको सूचना र सन्देश अर्कोमा आदानप्रदान गर्ने मात्रै नभएर जीवनशैलीलाई पनि सहज बनाएको छ।
 

निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले पनि बढी गतिको र सेयरिङ गर्न सकिने गरी इन्टरनेट सेवा दिइरहेका छन्। ग्राहकले आफ्नो क्षमताअनुसार इन्टरनेट सहज भएको छ। पहिले कम गतिमा चल्ने भए पनि अहिले त्यसलाई प्रविधिको विकास र समय सान्दर्भिक बनाउन जरुरी भएको छ। सानो बाटोलाई बढाएर ठूलो बनाउँदै भीड नियन्त्रण गरेजस्तै इन्टरनेट पनि दायरा र सीमा फराकिलो भएको बुझाइ भण्डारीको छ।

इन्टरनेटको आवश्यकता पूरा गर्न टेलिकमले टेलिफोन र इन्टरनेट एउटै फाइबरबाट दिन थालिसकेको छ। इन्टरनेटका लागि मात्रै तीव्र गतिको छुट्टै फाइबर तथा मोबाइल इन्टरनेट प्रयोग बढ्दै गएको छ।

ओटीटीले बढायो प्रयोग

फेसबुक, भाइबर, ट्विटर, म्यासेन्जरसहित ओटीटी सेवा लिँदा इन्टरनेट प्रयोग बढ्न थालेको हो। पछिल्लो समय विभिन्न प्रकारका मोबाइल एपदेखि पेमेन्ट गेटवे (मोबाइल वालेट)सम्म सहज सुविधाले इन्टरनेट प्रयोग बढाएको छ।

प्रविधिको विकास जति हुँदै गयो इन्टरनेट प्रयोग बढ्दै गएको छ। पछिल्लो समय रेडियो, टेलिभिजन कार्यक्रमको लाइभसहित डिजिटल सामग्रीको प्रयोगले इन्टरनेट प्रयोग बढेको हो। प्रविधिको प्रयोगसँगै यसको उपयोग र नियन्त्रण उपभोक्ताकै हातमा हुने गर्छ।

जहाँ पुग्यो त्यही वाइफाइ

इन्टरनेट प्रयोग अनिवार्य आवश्यकता भइसकेको र इन्टरनेटको माध्यमबाट हुने काम धेरै भएकाले जहाँ पुग्यो त्यही इन्टरनेट खोजी हुने गर्छ। मोबाइलबाट विभिन्न एप चलाउन र समय व्यथित गर्न तथा अनिवार्य आवश्यकता पूरा गर्न इन्टरनेट चाहिन्छ। जसका कारण हरेक व्यक्ति जहाँ गयो त्यही वाइफाइ खोज्ने गरेका छन्। विदेशीमा बसेका आफन्तको गतिविधि नेपालमै बसेर जान्न, बिहे विदेशमा पार्टी नेपालमा हुने प्रचलन अब इन्टरनेटले गर्दा नै भएको छ। विदेशी जान नपाएका र नसकेका आफन्तले बिहे वा अन्य कुनै विशेष कार्यक्रम इन्टरनेटको माध्यमबाट लाइभ हेर्ने गर्छन्। त्यसैबाट यही सेलिब्रेट गर्न थालिइसकिएको छ।

अहिले घरभित्रको आवश्यकता बनेको ब्रोडब्यान्ड नै फाइबर इन्टरनेट हो। घरबाहिरका लागि वाइफाइ हो। साथै पछिल्लो समय इन्टरनेट सेवाप्रदायकले विभिन्न स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट पुर्‍याएका छन्।

मागअनुसार इन्टरनेट

सुबिसु केबलनेट प्रालिका अध्यक्ष सुधिर पराजुलीका अनुसार ग्राहकको मागअनुसार इन्टरनेट सुविधा पुगिसकेको छ। सुबिसुले सन् २००१ देखि केबल टीभीबाट व्यावसायिक यात्रा सुरु गरेको हो। केबलबाट इन्टरनेट सेवा सुरु गर्ने लक्ष्यका साथ अघि बढे पनि तत्कालीन समयमा यसको कानुनी प्रवधान थिएन। सन् २००४ देखि केबल इन्टरनेट सुरु गरियो। तत्कालीन समयमा सुबिसुले ५१२ केबीपीएसबाट इन्टरनेट सेवाको सुरुवात गरेको थियो। तत्कालीन समयमा ग्राहकले ६४ केबीपीएस इन्टरनेट प्रयोग गर्न ६ हजार रुपैयाँभन्दा धेरै शुल्क तिर्नुपथ्र्यो। अहिले यसलाई विस्तार गरेर ५० जीबीपीएस पुर्‍याइसकेको पराजुली बताउँछन्।

सुबिसु केबलबाट इन्टरनेट प्रयोग गर्ने ग्राहक एक लाख २० हजार पुगिसकेका छन्। यसमा काठमाडौं उपत्यकाका प्रयोगकर्ता ५० हजारभन्दा धेरै छन्। सहज पूर्वाधार, इन्टरनेट प्रयोगकर्ता धेरै छन्। यसले गर्दा पनि यहाँ इन्टरनेट सेवा सहज छ। गाउँमा पूर्वाधार अभाव र प्रयोगकर्ता कम छन्। इन्टरनेट सेवा विस्तार गर्नभन्दा पनि मर्मतसम्भार झन्झिटिलो छ। यसले गर्दा गाउँमा चाहेर पनि मागबमोजिम सुविधा प्रदान गर्न सकिएको छैन।

पछिल्लो समय गाउँघरमा इन्टरनेट पुर्‍याउने सहज माध्यम भनेको फाइबर केबल हो। नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणको फाइबर केबल छ। अन्य इन्टरनेट सेवाप्रदायकलाई निश्चित शुल्क तिरेर फाइबरबाट सेवा दिन सकिने प्रावधान छ। तर, दुई वर्षदेखि फाइबरको भाडा पाँच गुणा महँगो बनाइएको छ। यसले सेवाप्रदायकलाई आर्थिक भार परिरहेको छ। नेपालमा सन २०१४ अघि साइबर क्याफे र कुलिन घरानामा मात्र इन्टरनेट जडान गरिन्थ्यो। २०१४ पछि भने सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै इन्टरनेटको प्रयोग बढेको पराजुलीको भनाइ छ।

इमेल सेवाबाट वर्ल्डलि‌क​

वर्ल्डलि‌कले सन् १९९५ मा इमेल सेवाबाट इन्टरनेट क्षेत्रमा प्रवेश गरेको थियो। यसरी १९९७ मा वर्ल्डलि‌कले इन्टरनेट सेवासमेत सुरु ग‍र्‍यो। वर्ल्डलि‌कका कर्पोेरेट मामिला हेर्ने निर्देशक लक्ष्मण यादवका अनुसार तत्कालीन समयमा सर्किटको कुल क्षमता ६४ केबीपीएस मात्रै थियो। यति थोरै ब्यान्डविथमा करिब तीन सय ग्राहकलाई सेवा दिन्थ्यो।
हाल वर्ल्डलि‌क १३४ जीबीपीएस ब्यान्डविथ आयात तथा बिक्री गरिरहेको छ। सुरुमा घरेलु प्रयोगकर्तालाई मात्रै इन्टरनेट दिइरहेको वर्ल्डलि‌कमा कम्पनीबाट डेडिकेटेड कर्पोरेट लाइन इन्टरनेट सुविधा पनि प्रदान गर्दै आएको छ।

त्यसपछि १९९९ तिर वायरलेस मोडेममार्फत डेडिकेटेड इन्टरनेटसेमत दिन सुरु ग‍र्‍यो। जसबाट वर्ल्डलि‌कले बैंक तथा कम्पनीका विभिन्न शाखालाई इन्टरनेटमार्फत जोडि दिन्थ्यो। त्यसपछि भने कम्पनीले पोखरा, बिराटनगर, नेपालगञ्ज, भैरहवालगायत काठमाडौंबाहिरका ठूला सहरसमेत जोड्दै गयो।

विश्वमा इन्टरनेटको इतिहास

सर्वप्रथम इन्टरनेट प्रयोग सन १९६९ अक्टोबरमा भएको थियो। अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय विज्ञान संकायका प्रध्यापक लियोनार्ड क्लेनरोक र विद्यार्थी चार्ली क्लाइनले पहिलोपटक इन्टरनेट प्रयोग गरेका थिए। उनीहरूले स्ट्यान्डफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता बिल डुअललाई दुई अक्षरको म्यासेज ‘एलओे’ अर्थात ‘लो’ लेखेर पठाएका थिए। पूरा म्यासेज थियो ‘लग इन’ तर, कम्प्युटर क्र्यास हुँदा दुई अक्षरको सन्देश एलओ पुग्यो। पहिलोपटक इन्टरनेट अर्थात त्यतिखेरको ‘अर्पानेट’ मा यो सन्देश पठाइएको थियो। दुई अक्षरको सूचना आदानप्रदान गरी सुरु गरिएको इन्टरनेटमा विश्वका हरेक सूचना तथा गोप्य जानकारी छन्। हरेक दिन अर्बौं इमेल पठाइन्छन् र विभिन्न विषयमा खोज हुन्छ।

सन् १९९१ अगस्ट २३ देखि वल्र्ड वाइड वेब (डब्लूडब्लूडब्लू)मा आम सर्वसाधारणको पहुँच सुरु भएको थियो। यसको सुरुवात गर्ने श्रेय सर टिम बर्नर्स लीलाई जान्छ। वल्र्ड वाइड वेब वा इन्टरनेटको विकास टिम बर्नर्स लीले स्विटजरल्यान्डको सीईआरएन ल्याबमा गरेका थिए।

इन्टरनेट र वल्र्ड वाइड वेब फरक भए पनि अचेल तिनलाई संयुक्त रूपमै बुझिन्छ। इन्टरनेटले नेटवर्कलाई जनाउँछ भने वल्र्ड वाइड वेबले उक्त नेटवर्कमा उपलब्ध हुने सूचनालाई जनाउँछ। हुन त इन्टरनेटको सुरुवात सर लीभन्दा धेरै पहिलेबाट भएको हो तर सर लीले यसको आधारभूत जग तयार पार्न सफल भए।

सन् १९८० मा सर लीले हाइपरलिंकको धारणा निर्माण गरे। जसले विभिन्न विषयवस्तुलाई एउटै पेजमा समाहित गर्‍यो। त्यही हाइपरलिंकमा आधारित भएर सर लीले हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल (जसलाई इन्टरनेटको भाषामा एचटीटीपीले जनाइन्छ) निर्माण गरे।

सन् १९९० मा सर लीले एचटीएमएल, यूआरएल, वेभ ब्राउजर, सर्भर र पहिलो वेब पेज पनि बनाए। तर, यो पेज सीमित व्यक्तिको पहुँचमा मात्र थियो। यो वेभ पेज पहिलोपटक अगस्ट २३, १९९१ मा सबैको पहुँचमा पु‌र्‍याइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.