तातो पानी खानुका फाइदा
स्वस्थ शरीरका लागि पानी आवश्यक छ। जाडो याममा धेरैले तातो पानी खान्छन्। तातो पानी खानु शरीरका लागि लाभदायी हुन्छ।
–तातो पानीले शरीरलाई भित्रैदेखि सफा गर्छ। पाचन प्रक्रिया सही नहुनेले दिनमा दुई पटक तातो पानी खानुपर्छ। बिहानै तातो पानी खाँदा शरीरमा भएका विषाक्त तत्त्व बाहिर निस्किन्छन्। जसले गर्दा पाचन प्रक्रिया सही रहन्छ। तातो पानीमा कागती र मह मिसाई खाँदा झन् फाइदा हुन्छ।
–कब्जियतको समस्या भएकाहरूले तातो पानी खाँदा फाइदा हुन्छ। हरेक बिहान एक गिलास तातो पानी खाँँदा शरीरलाई फाइदा पुग्छ।
–बिहान र हरेक पटक खाना खाइसकेपछि एक गिलास तातो पानीमा कागती र मह मिसाई खाँदा शरीरमा भएको बोसो घट्छ। कागतीमा भएको तत्त्वले पटक–पटक भोक लाग्न दिँदैन।
–चिसोले घाँटी दुख्दा तातो पानी खानुपर्छ। त्यसमा अलिकति नुन मिसाएर खाँदा अझै लाभ मिल्छ।
–महिनावारीका बेला कतिपय महिलालाई पेट दुख्ने समस्याले सताउँछ। त्यसो हुँदा तातो पानीमा सुकुमेलको धुलो मिसाई खानुपर्छ। त्यसले पेट दुखाइमा मात्र राहत दिँदैन, टाउको दुख्दा पनि आराम महसुस गराउँछ।