बोटबाटै सुपारी तस्करी

बोटबाटै सुपारी तस्करी

धरान : निकासी गर्न प्रतिबन्ध लगाइएको सुपारी मध्यरातमा भारततर्फ तस्करी हुने गरेको छ। सुपारीको सिजन सुरु हुनु अगावै तस्करले प्रदेश १ का किसानले लगाएको सुपारी बोटबाटै तस्करी गर्न थालेका छन्।

नेपाल-भारत खुला सिमानाको मौका छोपी तस्करले प्रदेश-१ का सुनसरी, मोरङ र झापा जिल्लाबाट सुपारी भारतीय तस्करले बोटबाटै टिपेर रातारात भारततर्फ तस्करी गर्न थालेका हुन्। भारतीय तस्कर तीनवटै जिल्लामा परिचालित छन्। तस्करले दिनभरि किसानका बारीमा गएर मूल्य गर्ने र मध्यराति भारततर्फ तस्करी गर्ने गरेका छन्। किसानबाट संकलन गरेको काँचो सुपारी राति भारततर्फ लैजाने गरेको सुपारी संकलनमा खटिएका भारत पूर्णियाका मोहम्मद जाविरले बताए।

नेपाल सरकारले भारतलगायत तेस्रो मुलुकमा सुपारी निकासीमा प्रतिबन्ध लगाएको भए पनि तस्करले सुनसरी, मोरङ र झापा जिल्लामा उत्पादित सुपारी दिनभरि संकलन गरी राति भारततिर तस्करी गर्ने गरेका छन्। सरकारले सुपारी निकासी गर्न प्रतिबन्ध लगाएपछि तस्करले सिजन सुरु हुनु अगावै काँचो सुपारी संकलन तीव्र पारेका छन्। झापाको दमक, केरखा, बिर्तामोड, भद्रपुर, बेलडागी, काँकडभिट्टा, धुलाबारी, भद्रपुरलगायत स्थानमा संकलन गरिरहेका छन्। मोरङको विराटनगर, झोराहाट, बेलबारी, उर्लाबारी, पथरी, रंगेलीलगायत स्थानबाट तस्करले सुपारी संकलन गरिरहेका छन्।

भारतीय तस्करले काँचो सुपारी बोक्रैसँग जोखेर प्रतिकेजी १५ देखि २५ रुपैयाँमा खरिद गर्ने गरेका छन्। धरान १५ का राम दासले ९ वटा बोटमा फलेको सुपारी एक हजार ८ सय रुपैयाँमा बिक्री गरेको बताए।

भारतीय तस्करले संकलन गरेको सुपारी प्रदेश १ का काँकडभिट्टा, जोगवनी, भान्टाबारी, कप्तानगन्ज, साहेबगन्जलगायत खुला सीमा नाकाबाट भारततर्फ लैजाने गरेको छन्। धरानमा सुपारी संकलन गरिरहेका भारतीय नागरिक मोहमद सफिर मियाले नेपालमा संकलन गरेबापत साहुले दैनिक ज्याला दिने गरेको बताए। दिनभरि संकलन गरेको सुपारी भारतीय व्यापारीलाई नै बुझाउने गरेको उनले बताए।

सुपारी संकलनमा भारतीय तस्करले दुई÷दुई जनाको समूह बनाई किसानका घरमा पठाउने गरेका छन्। सुपारी संकलनमा खटिएकामध्ये एकजनाले रूखमा चढेर सुपारी झार्ने र अर्कोले बोरामा संकलन गर्ने गरेका छन्। सुपारी संकलनमा खटिएका भारतीय नागरिकले सुपारी संकलन गरेबापत एक हजार ५ सयदेखि २ हजारसम्म ज्याला पाउने गरेको बताइन्छ।

आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख तीर्थ बरालले सुपारी व्यवसायीले गोदामको दर्ता र स्वीकृत लिएर मात्र सुपारी भण्डारण गर्ने व्यवस्था रहेको बताए। राजस्व कार्यालयको अनुमतिबेगर सुपारी भण्डारण गरी कारोबार गरिए अवैध ठहर हुने उनको भनाइ छ।

प्रदेश-१ का प्रहरी प्रवक्ता शेखर कोइरालाले अवैध रूपमा हुने सुपारी तस्करी नियन्त्रण गर्न सबै नाकामा कडाई गरिएको बताए। उनले सुपारी तस्करी नियन्त्रण गर्न भन्सार कार्यालयसँग समन्वय गरी तत्काल नियन्त्रणको काम थाल्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.