पनौती विश्वसम्पदा सूचीमा पर्ने

पनौती विश्वसम्पदा सूचीमा पर्ने

काठमाडौं : काभ्रे जिल्लाको पनौती विश्वसम्पदा सूचीमा पर्ने भएको छ। धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महŒव बोकेको पनौती सम्भवतः अबको एक वर्षभित्र सूचीमा समावेश हुँदै छ।

पनौतीलाई अबको एक वर्षमा विश्वसम्पदामा सूचीकृत गर्न गुरुयोजना पनि बन्दै छ। त्रिवेणी घाटदेखि गोरखनाथ मन्दिर परिसरसम्म सम्पदा क्षेत्रमा समेट्ने प्रस्तावमा उल्लेख छ। बदलिँदो परिवेश र आधुनिकीकरणले ढपक्कै छोपिएको पनौतीले पुरानै स्वरूप पाउन भने त्यति सजिलो छैन। यद्यपि, विश्वसम्पदा सूचीमा समावेश हुन पनौती २२ वर्षदेखि कसरत गर्दै छ। सरकारले भिजिट नेपाल २०२० को शुभारम्भ गरेसँगै पनौती आफूलाई विश्वसामु चिनाउन त्यहाँका स्थानीय तथा जनप्रतिनिधि आतुर छन्। फोटोग्राफर प्रशान्त श्रेष्ठ भन्छन्, ‘भ्रमण वर्ष सफल पार्न फोटो प्रदर्शनी गरिएको हो।’

पनौतीमा इन्द्रेश्वर, अष्टमातृकालगायत सयभन्दा बढी कलात्मक मठमन्दिर छन्। पनौतीलाई भ्रमण वर्षको मुख्य थलो बनाउन १५ दिनदेखि त्यहाँ फोटो प्रदर्शनी भइरहेछ। पनौती नगर प्रमुख भीम न्यौपानेले प्रदर्शनी उद्घाटन गरेका थिए। पनौतीको वर्तमान स्वरूप झल्काउने उक्त प्रदर्शनीलाई ‘मिस्टिकल पनौती’ अर्थात् रहस्यमय पनौती नाम दिइएको छ। प्रदर्शनी एक महिनासम्म चल्नेछ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.