सिन्धुलीमा बोलेरो दुर्घटना : १२ घाइते, २ जना गम्भीर

सिन्धुलीमा बोलेरो दुर्घटना : १२ घाइते, २ जना गम्भीर

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका १३ अरुणठाकुरस्थित कामीटार गएराती बोलेर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

दुधौलीबाट अरुणठाकुरतर्फ जाँदै गरेको स १ च १४६९ नम्बरको पिकअप बोलेरो दुधौली–अरुणठाकुर ग्रामीण सडकमा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख रन्जु सिग्देलले जानकारी दिइन् ।
दुधौली नगरपालिका-१३ की २८ वर्षका यमकुमार मगर र उदयपुरगढी- ३ की इन्दीरा मगर गम्भीर घाइते भएका छन् । उनीहरु दुवै जनालाई थप उपचारका लागि सिरहाको मिर्चैयातर्फ पठाइएको छ ।
सिग्देलका अनुसार दुर्घटनामा दुधौली नगरपालिका १३ का प्रेमबहादुर मगर, उनकी श्रीमती सुनिता मगर, सुदर्शन कार्की, दुधौली नगरपालिका ११ की सविना सुनुवार, तुलसा कार्की र तिलकबहादुर मगर घाइते भएका छन् । 

यस्तै दुधौली नगरपालिका १३ की निषा बुढाथोकी, दुधौली १० की सुसिला कार्की र सिन्धुली फिक्कल गाउँपालिका १ की कमला आलेमगर र लिला सुनुवार घाइते भएका छन् । उनीहरुको दुधौलीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.