बिहेलाई पात टिप्‍न गएकाहरुले कंकाल भेटेपछि...

बिहेलाई पात टिप्‍न गएकाहरुले कंकाल भेटेपछि...

उदयपुर : त्रियुगा नगरपालिका-१६ मा सुकौरा नजिकको जंगलमा मानव कंकाल फेला परेको छ। धरापे गाउँबाट करिब दुई किलोमिटर टाढाको जंगलमा मानव कंकाल फेला परेको हो।

बिहेका लागि पात टिप्न गएका गाउँलेहरुले जंगलमा कंकाल देखेपछि प्रहरीलाई खबर गरेको थिए। शुक्रबार अबेर खबर आएकाले शनिबार बिहान जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताए।

जंगलबीचमा छागो खस्ने अप्ठेरो ठाउँ मुनी कंकाल रहेको स्थानीयले बताए। पुरुष वा महिला भन्ने कुरा प्रष्ट हुन नसकेको उक्त कंकाल दुई-तीन महिना अघिको हुनसक्ने अनुमान स्थानीयको छ। त्यहाँ रहेका कपडाको आकंलनले भने पुरुषकै हुन सक्ने अनुमान गरिएको छ। कंकालको पहिचानका लागि प्रहरीले गाउँमा टोली परिचालन गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.