८ वर्षदेखि विद्युतको काम अलपत्र

८ वर्षदेखि विद्युतको काम अलपत्र

भोजपुर : षडानन्द नगरपालिकाको नेपालेडाँडा र कुदाककाउलेका करिब १३ सय परिवार अँध्यारोमा बस्न बाध्य छन् । गाउँका हरेक कुनामा वर्षौदेखि खिया लागेर ढलेका र भाँचिएको अवस्थामा बिजुलीका पोल भेटिन्छन् । तार यत्रतत्र छरिएका छन् । झण्डै ८ वर्षअघि विद्युत विस्तार गर्ने काम अलपत्र पारेर ठेकेदार भागेपछि गाउँले कुपीमै रात गुजार्दै आएका छन् । 

केन्द्रीय योजनाअन्तर्गत वडा १, नेपालेडाँडा र २, कुदाककाउलेमा केन्द्रीय प्रशारणको लाइन तान्ने ठेक्‍का पाएका ठेकेदार नै भागेपछि विद्युत्त विस्तार अलपत्र भएको हो ।०६८ सालमा खाँदबारी-तुम्लिङटार हुँदै दिङ्ला ल्याइएको केन्द्रीय प्रशारणको लाइन उक्त वडा नं १ र २ मा ल्याउने योजना थियो । योजनाको ठेक्का परेपनि ठेकेदार किशोर शेर्पा बीचैमा काम छोडेर सम्पर्कबिहीन भएपछि विद्युत्त विस्तार अड्किएको थियो । 

बिजुली नआएपछि गाउँलेले घरघरमा वैकल्पिक श्रोत सोलार बत्ती जोड्न थालेका छन् । गाउँमा झण्डै ७५ प्रतिशत घरधुरीले सोलार बत्ती हालेका छन् । हाल्ने क्रम पनि छ । 'अब बिजुली नआउने भो, सोलार नै जोड्यौँ,' नेपालेडाँडाका स्थानीय सन्तोष राईले भने, 'हाम्रो लागि बिजुली त आकाशको फल आँखा तरी मर भने जस्तै भयो।

 
ठेकदारको लापारबाहीले गाउँमा बिजुली नबलेपछि गाउँलेको बत्ती बाल्ने सपना सपनामै सिमित बनेको अर्का स्थानीय सौगात गौतमले सुनाउँछन् । 'पोल गाडेको ८ वर्ष भइसक्यो, अझैं पनि हामी गाउँले कुपी बालेर रात कटाउनु पर्‍या छ,' उनले भने, 'स्थानीय सरकार आएपछि बिजुली बल्ला भनेर पनि सोच्यौँ, तर बत्ती आएन।'

षडानन्द नगरपालिका १, नेपालेडाँडाका वडाध्यक्ष रामेश्वर भण्डारी भने, 'तत्कालिन समयमा बिजुली टाग्ने टेन्डर पारेका ठेकेदार शेर्पाले काम त गरेनन्, उल्टै आफूसँग ढुवानी खर्च भन्दै पैसा लिएर सम्पर्कबिहीन बने।' उनका अनुसार पोल ढुवानी खर्च मिलाउँदै गर्छु भन्दै ठेकेदार शेर्पाले वडाध्यक्षसँग २ लाख रुपैयाँ लिएका थिए । उनले ०७२ सालमा दिङ्लादेखि नेपालेडाँडाको चिउरीबोटेसम्म तार टाँगेर सम्पर्कबिहीन भएका थिए ।

अहिले प्राधिकरणले २५ एम्पियरको २ वटा ट्रान्समिटर राखेको छ । ०७५ जेठमा नगरपालिका र वडाले २० लाख बराबरको बजेटबाट ५० एम्पियरको ४ वटा ट्रान्समिटर, १ सय वटा शाखा पोल र ५ हजार मिटर तार खरिद गरेको थियो । प्राविधिक इस्टिमेट नहुँदा ती सबै व्यवस्थापन गर्न नसकिएको वडाध्यक्ष भण्डारीले बताए । 

०६८ साल फागुनमा सर्वदलीय बैठक बसी विद्युत्त विस्तार समिति गठन गरेर उक्त ठेक्‍कामार्फत विद्युत्त विस्तारको काम थालनी गरिएको थियो । बिजुलीको पोल मात्र नभई ठेकेदारले दिङ्लाका रमेश कटुवालको एक लाख ३० हजार पोल ओसार्दाको ट्रयाक्टर ढुवानी खर्च समेत नबुझाएको खुलेको छ । उनले त्योबेला गाउँमा पोल गाड्ने प्राविधिक कर्मचारीले खाना खाएको ७२ हजार रुपैयाँ समेत बाँकी रहेको बुझिएको छ। 

ठेकेदार भागेपछि बीचबीचमा जति सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको वडा नं २ कुदाककाउलेका वडाध्यक्ष बिष्णु प्रसाद घिमिरेले बताए । 'काम छाडेर भागेका ठेकेदार शेर्पालाई पटकपटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन्, उनको अहिले त झन अत्तोपत्तो नै छैन।'
 
ठेकेदार भागेपनि विद्युत्त विस्तारको कामलाई अगाडी बढाउन तात्कालिन जिल्ला प्राविधिक कार्यालयमा पटकपटक उजुरी दिँदा पनि कुनै प्रतिक्रिया नआएको स्थानीय गोपाल भण्डारीले बताए । भने, 'हामीले धेरैपटक जिल्ला प्राविधिकमा गएर कामलाई अगाडी बढाउन पहल गरेपनि कुनै सुनुवाई नै भएन।'

केन्द्रीय प्रशारणको बिजुलीबाट नेपालेडाँडाका ७ सय ८३ र कुदाककाउलेका करिब ५ सय घरधुरी लाभान्वित छन् । तर व्यवस्थित विस्तारका काम अगाडी नसर्दा गाउँलेको बत्ती बाल्ने आशा अपुरै छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.