मालपोतबाट सेवा लिनै सकस

मालपोतबाट सेवा लिनै सकस

सुर्खेतः दैलेखका शेरबहादुर रावल जग्गा रोक्‍का गर्न वीरेन्द्रनगरस्थित मालपोत कार्यालयमा पुगे । तर, दुई सातासम्म पनि उनको काम भएन । मालपोत कार्यालयमा लाइनमा बस्दाबस्दै र पालो कुर्दैमा उनी हैरान भए । सुर्खेत मेहलकुनाका गोपाल खड्का पनि जग्गा रोक्‍का गर्त मालपोतमा पुगे । एकै दिनमा हुनुपर्ने उनको काम पनि सम्पन्न हुन एक साता नै लाग्यो ।

रावल र खड्का मात्रै होइन, हिजोआज मालपोत कार्यालयमा पुग्ने हरेक सेवाग्राही हैरान छन् ।सामान्य कामका लागि पनि हप्ता दिनसम्म लाग्ने गरेको हो । पहिला एकैदिनमा हुने काम अचेल कम्तिमा एकहप्ता लाग्ने गरेको सेवाग्राही मीना खड्काले बताइन् ।

जग्गा फकुवाका लागि कार्यालयमा पुगेका पवन श्रेष्ठले तीन दिनसम्म धाउँदा पनि आफ्नो काम नभएको भन्दै आक्रोश पोखे ।सेवाग्राहीको भीड र समयमै काम नहुँदा मालपोत कार्यालय अस्तव्यस्त बनेको छ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँगै जग्गाको कारोबार पनि ह्वातै बढेको छ । सुविधा खोज्दै अन्य जिल्लाबाट वीरेन्द्रनगर बसाइसरी आउनेक्रम बढ्न थालेको हो ।'जग्गाको कारोबार बढेको छ, एक दिनमै पाँच सय बढी सेवाग्राही आउँछन्' कार्यालय प्रमुख लक्ष्मी खत्री भन्छिन, 'जग्गाको कारोबार बढेपछि थामिनसक्नु छ, सेवाग्राहीको भीडअनुसार भौतिक संरचना र कर्मचारी अभाव हुँदा समस्या भयो ।'

सेवाग्राहीको भीड बाक्लो भए पनि कार्यालयमा हालसम्म सहायता कक्ष छैन । सेवाबारे जानकारी नहुँदा अधिकांश सेवाग्राही एउटै कामका लागि घण्टौंसम्म लाइनमा बस्न बाध्य छन् ।

सेवाग्राहीको भीड भइरहने यो कार्यालयमा प्रभावकारी सूचना बोर्ड र सहायता कक्ष नहुँदा सेवाग्राहीले हैरानी भोग्दै आएका हुन् । कार्यालयमा सहायता कक्ष राख्ने ठाउँ नहुँदा समस्या भएको कार्यालय प्रमुख खत्रीको भनाइ छ ।अचेल कर्मचारीलाई कामबाट छुटकारा पाउने गतिलो वहाना बनेको छ इन्टननेट । 

अनलाइन प्रणालीमा काम थालेपछि कर्मचारीले सेवाग्राहीलाई नेट छैन भन्दै फिर्ता पठाउने गरेको भेटिएको छ। यस्तै नागरिक बडापत्रमा नै कार्यालयबाट प्रवाह हुने सेवा र सुविधा प्राप्त गर्ने तरिका, लाग्ने शुल्क, काम हुने अवधि र सेवा लिन आवश्यक हुने कागजातबारे स्पष्ट लेखिएको हुन्छ । 

यही बडापत्रको आधारमा नागरिकले सरकारी सेवा प्राप्त सहज रुपमा गर्दछन् । तर तर मालपोतमा नागरिक वडापत्रअलपत्र अवस्थामा छ । समयमै काम नहुँदा सेवाग्राहीहरु हैरान बनिरहँदा मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीको तर्क बेग्लै छ ।भौतिक संरचना र कर्मचारी अभावकै कारण यस्तो भद्रगोल भएको उनले बताइन् ।

सेवाग्राहीको चाप बढेपछि आफूहरुले चाहेर पनि सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन नसकेको उनको भनाइ छ । उनी भन्छिन्, 'कर्मचारीले एक मिनेट पनि फुर्सद पाउँदैनन, हाम्रो यो पीडा अब कसले बुझ्ने ?'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.