सुदूरपश्चिमको हिउँदे अधिवेशन सुरु

सुदूरपश्चिमको हिउँदे अधिवेशन सुरु

धनगढी : सुदूरपश्चिम सरकारको पाँचौं अथवा हिउँदे अधिवेशन सुरु भएको छ। सोमबार प्रदेशसभाको बैठक सुरु भएको हो। अधिवेशनको पहिलो दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन दलका नेतालाई विशेष समय प्रदान गरिएको थियो।

प्रदेशसभाको पाँचौ अधिवेशनमा प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारलाई बिना लगामको घोडा भएको आरोप लगाए। ‘मुख्यमन्त्री धेरै शालीन भए, उनले भनेको मन्त्रीले मानिरहेका छैनन्,’ उनले भने, ‘मन्त्रीहरू छाडा भए, यसरी बेलगाम घोडाझैं भयो सरकार।’

प्रतिपक्षी नेता रावलले सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीलाई लक्षित गर्दै भने, ‘सामाजिक विकास मन्त्रालयअन्तर्गत खरिद गरिएका एम्बुलेन्स र अल्ट्रासाउन्ड मेसिनमा अनियमितता भयो। तर मुख्यमन्त्री चुप छन्।’ उनले किसानलाई गरेको उपकरण वितरणमा पनि कृषिमन्त्री चौधरीले मनोमानी गरेको आरोप लगाए। ‘सरकार चेन अफ कमान्डमा छैन भन्ने कुरा प्रष्ट देखिएको छ,’ उनले भने, ‘यसको जिम्मेवारी मुख्यमन्त्रीले लिनुपर्छ।’

संसदमा प्रतिपक्षी दल राजपा संसदीय दलका नेता मालामती रानाले पनि सरकारले अहिलेसम्म पारित गरेका ३२ वटा विधेयकमध्ये धेरै कार्यान्वयन नभएको आरोप लगाइन्। ‘विधेयक त ३२ पास भए तर कार्यान्वयनको अवस्था फितलो छ,’ उनले भनिन्। संसद्बाट यसअघिका अधिवेशनबाट ३२ विधेयक पारित भइसकेका छन् भने ३ विधेयक यस अधिवेशनका लागि दर्ता भएका छन्।

अधिवेशनमा, नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले भने सरकार अहिले बजेटमा समावेश योजना कार्यान्वयनमा जुटेको बताए।

‘सरकारले घोषणा गरेका योजना तथा कार्यक्रम कार्यान्वयनका चरणमा गएका छन्,’ उनले भने। उनले अधिवेशन नचलेको समयमा पनि प्रदेश सरकारले छाउपडीविरुद्ध संकल्प प्रस्ताव पारित गरेको र पूर्वाधार निर्माणमा केन्द्रित भएको बताए। सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको पत्र पढेर संसद् अधिवेशन सुरु गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.