कृषिलाई औद्योगिकरण नगरे देश बन्दैन् : मन्त्री भट्ट

कृषिलाई औद्योगिकरण नगरे देश बन्दैन् : मन्त्री भट्ट

सिन्धुली : संघीय सरकारका उद्योग तथा आपूर्ती मन्त्री लेखराज भट्टले  कृषि क्षेत्रलाई औद्योगिकरण नगरेसम्म देश समृद्ध बन्न नसक्ने दाबी गरेका छन्। मंगलबार सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा आयोगित मरिण महोत्सवलाई उद्घाटन गर्दै मन्त्री भट्टले कृषिप्रधान देशमा कृषि पेशालाई उद्योगको रुपमा विकास गर्नु अनिवार्य रहेको बताएका हुन्।

सरकारले कृषि क्षेत्रलाई औद्योगिकरण गर्न देशका ९० स्थानमा कृषिलाई उद्योगिक क्षेत्रको पूर्वाधार विकास गर्न अध्ययन गरिरहेको जानकारी दिए। उनले हालसम्म ३२ वटा स्थानीयतहले कृषिलाई उद्योगका रुपमा विकास गर्न सम्झौता गरिसकेको र ९२ लाख रुपैयाँका दरले अनुदान दिइसकेको बताए।

विदेशमा रोजगारी गरी फर्किएका युवाको सीपलाई स्वदेशमै कृषि क्षेत्रमा लक्ष्य लिएको जनाए व्यापार घाटा कम गर्न छिमेकी मुलुक तथा तेस्रो मुलुकसँग उत्पादित बस्तुको आयात तथा निर्यातका लागि सरकारले ६ वटा नाकालाई व्यवस्थित गर्न लागेको जानकारी दिए। चीन  तिब्बत तर्फको तातोपानी, खासा, केरुङ, हिल्सा र भारत तर्फका विरगंज र विराटनगर नाकालाई व्यवस्थित सुख्खा बन्दरगाहा बनाउन थालिएकोउनले जानकारी दिए।

‘नेपाल भ्रमण वर्ष २०२० हाम्रो अभियान, समृद्ध मरिण हाम्रो पहिचान’ भन्ने मुल नारकासाथ यही माघ ७ गतेबाट सिन्धुलीको मरिण गाउँपालिकामा मरिण महोत्सव सुरु भएको हो ।  महोत्सवमा पर्यटन प्रवद्र्धनमा जोड दिदैं स्थानिय उत्पादन, स्थानीय खानाको परिकारलाई प्राथमिकतामा राखिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुले मरिणको पौराणिक महत्व बोकेको पन्चकन्या पोखरी, वडानम्बर २ को दरबारडाँडा लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन समेत गर्न सक्ने छन् ।  महोत्सवमा ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव आयोजक समितिका संयोजक चिनध्वज बम्जनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.