स्मारिकाबाट संकलित रकम भवन निर्माणमा

स्मारिकाबाट संकलित रकम भवन निर्माणमा

उदयपुर : कर्मचारी मिलन केन्द्र उदयपुरले स्मारिक प्रकाशनबाट संकलित रकमलाई सदुपयोग गर्दै भवन निर्माणमा खर्च गरेको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी प्रकाशन गरेको मिलन स्मारिकाको सूचना सन्देसवापत संकलित २० लाख १९ हजार चार सय ७५ रुपैयाँमध्ये १६ लाख ४८ हजार आठ सय १३ रुपैयाँ १५ पैसा भवन निर्माणमा खर्च गरको हो ।

उक्त रकमबाट केन्द्रको त्रियुगा नगरपालिका १० बोक्सेस्थित जिर्ण एक तले भवनको मर्मत र माथिल्लो तला निर्माणमा खर्च गरिएको अध्यक्ष हिरा न्यौपानेले जानकारी दिए । २०५२ सालमा स्थापना भएको भवन चुहिने, जतातै भत्किएको र शौचालयसमेत नभएकाले मर्मतसम्भार गरिएको छ। माथिल्लो तला सभाहल हुने गरी निर्माण गरिएको उनले बताए । भवनको विभिन्न भौतिक सामान तथा भवनको कम्जोर अवस्थालाई मध्यनजर गर्दै २०७६ साल साउन १० गते हिरा न्यौपानेको अध्यक्षतामा गठन भएको तदर्थ कार्यसमितिले भवन मर्मत तथा थप निर्माणको कार्ययोजना अघि सारेको थियो । 

भवन निर्माणका लागि छुट्टै बजेट नभएकाले जिल्लाको पर्यटकीय क्षेत्रलाई उजागर गर्ने गरी मिलन स्मारिका प्रकाशन गर्ने र त्यसवापत संकलन भएको रकम भवनमा खर्च गर्ने योजनाका साथ अघि बढिएको उनले बताए । 

मिलन स्मारिका प्रकाशनले उदयपुरको चारवटा नगरपालिका र चारवटै गाउँपालिकाको पर्यटन क्षेत्रमा समेत प्रचारप्रसारको भूमिका खेलेको उनले बताए ।सरकारी कार्यलय, बैंक, नगरपालिका गाउँपालिका, उदयपुर सिमेन्ट, भौतिक पूर्वधारलगायतबाट राम्रो आर्थिक संकलन भएको कोषाध्यक्ष सुमन बुढाथोकीले बताए ।

उनले बोक्से क्षेत्रमा सभा हलसमेत नभएको अवस्थामा नागरिकलाई समेत ध्यानमा राखी सभाहल निर्माण गरिएको उनले बताए । यसवापत केन्द्रलाई समेत केही आर्थिकरुपमा सहज हुने उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.