लोप हुँदै सिमसार

लोप हुँदै सिमसार

उदयपुर : बढ्दो जनसंख्या र जमिन अतिक्रमणका कारण उदयपुरको भित्री मधेसका चुरे वन क्षेत्र आसपासका नदी किनारका सिमसार क्षेत्र हराउँदै गएका छन् ।

सिमसार क्षेत्रका जमिनलाई व्यक्तिले अतिक्रमण गरी घरटहार बनाउँदा र खेती गर्दा सिमसार क्षेत्र मासिन थालेको हो । सरकारले सिमसार क्षेत्र भन्दै व्यक्तिका नाममा दर्ता नगरी सार्वजानिक जग्गामै राख्ने कानुनी व्यवस्था गरे पनि संरक्षणको अभावमा अतिक्रमण हुन् थालेको हो ।

सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेपछि त्यहाँ पाइने हाँस, सिमकुखुरा, सारस, सेतो बकुल्लासमेत लोप हुँदै गएका हुन् । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको त्रियुगा नदिबाट सप्तकोशीसम्मका सिमसार क्षेत्रमा व्यक्तिले सरकारी अनुगमनको अभावमा अहिले खेती गर्न थालेको स्थानीय बताउँछन् ।

सिमसारका जग्गा अतिक्रमणमा परेर सुख्खा र उजाड बनेका छन् । सिमसार क्षेत्रमा पाइने ठूलो संख्याका पुशपंक्षीसमेत त्यहीँकारणले लोप हुँदै गएको त्रियुगा नगरपालिका–४ का ७१ वर्षे चक्रमणि पोखरेलले बताए । उनले त्रियुगा नदीको सिमसार क्षेत्रमा पाइने सेतो बकुल्ला, सार, मयुर सरल जातका अति नै दुर्लभ चराहरु भेटिन छाडेको बताए ।

नदी किनारका सिमसार क्षेत्र अतिक्रमणमा परेपछि बासस्थानै लोप हुँदै गएको स्तानीय हरिप्रसाद कोइरालाले बताए । ‘सिमसार क्षेत्र नै मासिएका कारण भ्यागुता तथा माछा नै हराउन थालेका छन,’ उनले भने, ‘जुन चरा तथा पंक्षीका आहारा थियो त्यो नै हराएपछि यस क्षेत्रका पंक्षी विस्थापित भएका हुन् ।’

उनले सप्तकोशी नदी हुँदै विदेशबाट आएका चरा पनि त्रियुगा क्षेत्रमा मंसिर, पुस र माघ महिनामा आउने गरेको अनुभव सुनाए । ‘पहिला हिउँद लागेपछि विभिन्न चराहरु हेर्न पाइन्थ्यो,’ उनले भने, ‘अहिले यहाँ पाइने चरा पनि हराइसके उताबाट आउने पनि देखिँदैन ।’

त्रियुगा नदी क्षेत्र आसपासका ठूलो सिमसार भूभाग भएको स्थानीय बताउँछन् । सिमसार अतिक्रमणले त्यहाँ बस्न र चर्न आउने चराचुरुङ्गी डरले आउन छाडेको तपेश्वरीका श्यामनारायण चौधरीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.