भारत–ब्राजिलबीच सम्झौता

भारत–ब्राजिलबीच सम्झौता

नयाँदिल्ली : भारत र ब्राजिलले साइबर सुरक्षा, जीवविज्ञान तथा स्वास्थ्य र औषधिलगायतका विभिन्न क्षेत्रलाई समेट्ने गरी १५ बुँदे सम्झौतापत्रमा शनिबार हस्ताक्षर गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोबीच भएको द्विपक्षीय वार्तापछि ती दुई मुलुकबीच साइबरसुरक्षा, जीवविज्ञान र स्वास्थ्य र औषधिलगायतका क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको हो । दुई मुलुकबीच जैविक ऊर्जा तथा लगानी, सुविधासम्बन्धी सहयोग, स्वास्थ्य तथा चिकित्सा र सांस्कृतिक आदानप्रदानका लागि भएको कार्यक्रम सम्झौता सन् २०२० देखि सन् २०२४ सम्मका लागि मान्य हुनेछ ।

ब्राजिल र भारतबीच सामाजिक सुरक्षा, साइबर सुरक्षा, वैज्ञानिक तथा प्रविधि सहकार्य, भूगोल तथा खनिज स्रोतबारे ज्ञानलाई आपसी हितका लागि आदानप्रदान गरिनेलगायतका विषय पनि सम्झौतामा उल्लेख छन् । दुबै पक्षले आपराधिक गतिविधि नियन्त्रणका लागि कानूनी सहयोग गर्ने, तेल र प्राकृतिक ग्याँसको क्षेत्रमा सहयोग गर्ने, पारम्परिक चिकित्सा प्रणाली र होमियोप्याथीको क्षेत्रमा सहयोग गर्ने सहमति भएको सम्झौताबारे संयुक्त घोषणामा उल्लेख गरिएको छ ।

भारत भ्रमणमा रहेका ब्राजिलियाली राष्ट्रपति बोल्सानारो र भारतीय विदेशमन्त्री एस जयशंकरबीच पनि शुक्रवार भेटवार्ता भएको थियो ।

भेटपछि विदेशमन्त्री जयशंकरले ट्वीटमा लेखेका छन्, ‘ब्राजिलका राष्ट्रपति बोल्सानारोलाई गणतन्त्र दिवस २०२० का अवसरमा प्रमुख पाहुनाका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको छ । उहाँको भ्रमणले हाम्रो द्विपक्षीय सहयोगका लागि नयाँ अवसर खुला गर्नेछ । यो विश्वव्यापी सन्तुलनको संकेत पनि हो ।’ –एएनआई 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.