बालविवाह र बहुविवाह रोक्न सडक नाटक
सिमरा : सामाजिक समस्याको रुपमा रहेको बालविवाह, बहुविवाह, दाइजो प्रथा नियन्त्रणका लागि बाराको फेटा गाउँपालिकामा सडक नाटकसहितको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय(प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा फेटा बजारमा कार्यक्रम सम्पन्न भएको हो ।सडक नाटकमा करिब एक हजार सर्वसाधारणको सहभागिता रहेको थियो ।
जिल्लाको प्रमुख सामाजिक समस्या र चुनौतीको रुपमा रहेको विकृति नियन्त्रण गर्नका लागि ग्रामीण भेगलाई लक्षित गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । शहरी क्षेत्रभन्दा ग्रामीण भेगमा यो समस्या बढी छ, त्यसैले हामीले लक्षित वर्गलाई केन्द्रित गरी गाउँसम्म पुगिरहेका छौं प्रहरी उपरीक्षक खनालले भने यस्तो किसिमको कार्यक्रमले समाजलाई चेतनशील बनाउँछ भन्नेमा हामी विश्वत छौं ।'
सडक नाटकमा यस्ता विकृतिबाट निम्तिने सामाजिक समस्याका साथै कानुन विपरितका काम गरे हुने कानुनी कारवाही विषयमा जानकारी गराइएको प्रहरी उपरीक्षक खनालले बताए ।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादलगायत जनप्रतिनिधि, महिला संजाल बाराकि अध्यक्ष बबिता जैसवाल, विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थाका प्रतिनिधि सहभागी थिए।कार्यक्रममा प्रहरी निरीक्षक शेख अदालतले आफ्नो प्रस्तुति देखाएका थिए।