आगोले जलेकी अनिताको मृत्यु

आगोले जलेकी अनिताको मृत्यु

सिरहा : खाना पकाउने क्रममा जलेर घाइते भएकी अनिता यादवको मृत्यु भएको छ। औरही गाउँपालिका ५ औरहीकी २३ वर्षीया अनिता यादव शुक्रबार राती खाना पकाउने क्रममा जलेर घाइते भएकी थिइन् । उनको आइतबार बिहान किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अनिताको जीउमा पति विनोद यादवले 'मिनिरल वाटर' को बोतलमा ल्याएको पेट्रोल छर्किँदा चुलोबाट आगो सक्लेर उनी घाइते भएकी प्रहरी प्रारम्भिक खुलेको छ । आगोले जलेर गम्भीर घाइते भएकी अनितालाई विनोदले विराटनगरमा उपचारका लागि लगेका थिए । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरेको थियो ।

विनोद वैदेशिक रोजगारबाट डेढ महिनाअघि फर्केका छन् । उनले रोजगारीको क्रममा घरमा पठाएको पैसा पत्नीले कुनै सल्लाह नगरी ऋण सापटीमा चलाएको बताउँदै आएका थिए।

त्यहीँ पैसाकै विषय लिएर पति-पत्नीबीच २ हप्तादेखि विवाद उत्पन्न भएको बुझिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए । घटनापछि विनोदलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.