सानैमा फुटबलर बन्ने डेभिडको सपना

सानैमा फुटबलर बन्ने डेभिडको सपना

डेभिड बेकह्यामको पूरा नाम डेभिड रोबर्ट बेकह्याम हो। उनको जन्म सन् १९७५ मा लन्डनमा भएको थियो। उनी विश्वचर्चित फुटबल खेलाडी हुन्। अहिले उनी इन्टर मियामी सिएफ नामक एक अमेरिकी व्यावसायिक फुटबल क्लबका अध्यक्ष हुन्। त्यसैगरी बेकह्याम सेलफर्ड सिटी फुटबल क्लबको मालिक पनि हुन्।

उनले म्यानचेस्टर युनाइटेड, प्रेस्टन नर्थ इन्ड, रियल म्याड्रिड, एल ए ग्यालेक्सी, पेरिस सेन्ट जर्मन र इङ्ल्यान्डको राष्ट्रिय टिममा खेले। उनी इङ्ल्यान्ड, स्पेन, अमेरिका र फ्रान्सजस्ता चार वटा देशमा लिग जित्ने पहिलो अंग्रेजी खेलाडी हुन्। उनले सन् २०१३ मा आफ्नो खेल जीवनबाट अवकाश लिएका थिए। २० वर्षको करियरमा उनले १९ वटा मुख्य ट्रफी जितेका थिए।

उनकी आमाको नाम सान्ड्रा जियोर्जिना र बुवाको डेभिड एडवार्ड एलेन हो। आमा हेयर डे«सर थिइन्। उनकी एक बहिनी र दिदी छन्। उनी सधैं चिङफोर्डको रिड्वे पार्कमा फुटबल खेल्थे भने चिङफोर्ड कन्ट्री हाइस्कुलमा पढ्थे। सन् २००७ मा एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘स्कुलमा शिक्षकले तिमी ठूलो भएपछि के बन्छौं भन्ने प्रश्नमा मैले फुटबलर बन्छु भनेको थिए। किनकि मेरो लागि फुटबल प्यासन थियो।’

उनले स्कुलको समयमा सर बोबी चाल्र्टन (एक फुटबलर) को फुटबल स्कुलमा भाग लिएका थिए। त्यहाँको प्रतियोगितामा बार्सिलोनासँग एक प्रशिक्षणमा भाग लिने मौका उनलाई मिल्यो। उनले स्थानीय युवा टिम रिडवे रोवर्समा खेले। सन् १९९० मा उनी ‘अन्डर १५ प्लेयर अफ द इयर’ पनि भएका थिए।

उनको फुटबल करियर म्यानचेस्टर युनाइटेड क्लबबाट सुरु भएको थियो। उनले १७ वर्षको उमेरमा उक्त क्लबमा फुटबल खेल्न सुरु गरेका थिए। त्यहाँ उनले प्रिमियर लिग ६ पटक, दुई पटक फुटबल एसोसियनसन च्यालेन्ज कप र एक पटक यूईएफए (युनियन अफ युरोपियन फुटबल एसोसियसन) च्याम्पियन लिग जितेका थिए। त्यसपछि उनले रियल म्याड्रिट क्लबमा खेले। त्यहाँ उनले लालिगा च्याम्पियन जिते। उनी पहिलो ब्रिटिस फुटबलर थिए जसले सय पटक यूईएफए च्याम्पियन लिग जितेका थिए।

अन्तर्राष्ट्रिय फुटबलरको यात्रा उनले सन् १९९६ मा २१ वर्षको उमेरमा इङ्ल्यान्डबाट सुरु गरेका थिए। त्यहाँ उनी ६ वर्षका लागि क्याप्टेन भए। आफ्नो कार्यकालमा उनले ५८ कप जिते।

उनी सन् १९९९ मा ब्यालोन डीओरको उपविजेता र फिफा वल्र्ड प्लेयर अफ दी इयरको दुई पटक उपविजेता भएका थिए। सन् २००४ मा पेलेले विश्वको महान् जीवित खेलाडी फिफा १०० को सूचीमा उनलाई मनोनीत गरेका थिए। उनी खेलका विश्वव्यापी राजदूत र बेलायती सांस्कृतिक आइकनको रूपमा आफ्नो पहिचान पनि बनाउन सफल भएका थिए। उनले सन् २०१३ मा सबैभन्दा धेरै पैसा कमाउने खेलाडीको सूचीमा पनि परेका थिए।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.