प्रोग्रामिङ सिकाउने तीन एप

प्रोग्रामिङ सिकाउने तीन एप

सागर खड्का

यो प्रविधिको युग हो। अहिले मोबाइल र कम्प्युटर सबैको हातहातमा छ। यी सामग्री आजको आवश्यकता पनि हुन्। यस्ता सामग्रीमार्फत हामीले भिडियो कल गर्न तथा गेम खेल्न पनि सक्छौं। यी सामग्रीबाट यस्ता सुविधा हामीले केवल एप्स तथा सफ्टवेयरका कारणबाट मात्र पाउन सम्भव छ। यस्ता सफ्टवेयरहरू प्रोग्रामिङ ल्याङवेजका मद्दतले बनाइन्छ।

भाइबहिनी हो, हिजोआज तिमीहरूले पक्कै पनि मोबाइल वा कम्प्युटर चलाउने गरेका छौ। त्यसैले यस्ता प्रविधिहरूबारे थाहा पाउन जरुरी छ। आज तिमीहरूलाई प्रोग्रामिङ के हो ? यसलाई कसरी तयार गरिन्छ ? र प्रोगामिङ ल्याङवेज तयार गर्ने केही एप्सहरूको बारेमा जानकारी दिन खोजिएको छ।

प्रोग्रामिङ भाषा

प्रोग्रामिङ भाषा भनेको कम्प्युटरले कुन काम कसरी गर्छ ? भनी तयार गरिएको कोड हो। यस्ता कोड तयार गर्ने धेरै प्रोग्रामिङ ल्याङवेजहरू छन्। जस्तै : c+,c++,c#,java,python हजारौं लाइनभन्दा धेरै कोड लेखेपछि मात्र तयार हुन्छ, सप्टवेयर।

वास्तवमा प्रोग्रामिङ ल्याङवेज सिक्न गाह्रो छ। यसलाई भविष्यको भाषा पनि भनिन्छ। तर, यो सिक्नु जरूरी पनि छ। किनभने यो सिक्न सकियो भने मोबाइलमा वा कम्प्युटरमा एउटा एप्स वा गेम बनाउन जानिन्छ र यसले सजिलै पैसा कमाउन पनि सकिन्छ। यो सिक्नका लागि केही एप्सहरूले सहयोग गर्न सक्छन्। यहाँ त्यस्ता तीन वटा एप्सको बारेमा बताइएको छ।

मिमो 

मिमो प्रोग्रामिङ ल्याङवेज सिकाउने एक महŒवपूर्ण एप हो। यसमा सरल तरिकाले iso,Androdid एप डेभलपमेन्ट, c# मा विन्डोजको लागि गेम बनाउन सिकाइन्छ। यति मात्र नभई यसमा वेभसाइड डेभलपमेन्ट, साइबर सेक्युरेटी, डाटा साइन्स, मेसिन लर्नङ र इन्टरनरनेसनल एन्ड नेटवर्कजस्ता कोर्स पनि उपलब्ध छन्। यो एप चलाउन पनि सजिलो छ। यो खासगरी सिकारु बालाबालिकालाई सजिलैसँग सिकुन् भनेर उनीहरूलाई लक्षित गरी बनाइएको एप हो। यो एप फ्रिमा डाउनलोड गर्न मिल्छ।

२. सोलो लर्न 

यो एप केही मात्रामा प्रोग्रामिङ आउनेहरूका लागि लक्षित गरी बनाइएको हो। साथै यसबाट नयाँ आगन्तुकहरूलाई पनि सिक्ने अबसर भने मिल्छ नै। यसमा मिमोमा दिए जस्तो नेटवर्किङको कोर्स नभए पनि प्रोग्रामिङको बारेमा सबै कुरा यसमा सिक्न पाइन्छ। यो एप पनि फ्रिमा डाउनलोड गर्न मिल्छ भने कम्प्युटरमा पनि उपलब्ध छ।

३. ट्विटोरियल प्वाइन्ट

यो एप प्रोग्रामिङ सिक्नेहरूका लागि एकदमै राम्रो हुन्छ। यो एपमा प्रोग्रामिङ मात्र नभई नेटवर्किङ डाटाबेस, एआइ, एम्एस पनि सिक्न पाइन्छ। यसमा कुनै पनि प्रोग्रामिङ ल्याङवेजको सुरुदेखि अन्त्यसम्म सबै कुरा सरल तरिकाले सिकाएको हुन्छ। माथिका दुई एपमा अक्षर मात्र हुन्छ भने यसमा भिडियो पनि पाइन्छ। तर, कहिलेकाहीँ कुनै कोर्सका लागि पैसा तिर्नुपर्ने हुन्छ। त्यसैले यसले प्रोग्रामिङ जस्तो जटिल विषय सिक्नेलाई सजिलो बनाइदिन्छ। यो एप फ्रिमा डाउनलोड गर्न मिल्छ। साथै कम्प्युटरमा पनि उपलब्ध छ।

(खड्का सूचना प्रविधिका विद्यार्थी हुन्।)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.