पत्रकार कुटपिट गर्ने मेयरविरुद्ध किटानी जाहेरी

पत्रकार कुटपिट गर्ने मेयरविरुद्ध किटानी जाहेरी

जनकपुरधाम : जनकपुरधाम उप-महानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध किटानी जाहेरी परेको छ। नेपाल पत्रकार महासंघ धनुषा शाखाले उपमहानगर प्रमुख साहविरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन्। 

पत्रकार महासंघ धनुषाको तर्फबाट अध्यक्ष अनिल मिश्रले जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्घ जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका हुन्।

विश्वसम्पदा सूचिमा सुचिकृतको तयारीमा रहेको जानकी मन्दिरको जग्गा अतिक्रमण विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुलाई मेयरको निर्देशनमा कुटपिट गरिएको घटनामा जाहेरी दिइएको हो । 

घटनापछि जिल्ला प्रशासन कार्यालय धनुषामा सर्वपक्षीय-सर्वदलीय बैठकबाट दुई साताअघि दोषिलाई पक्राउ गरी कारवाही गर्ने सहमति कार्यान्वयन नभएपछि अध्यक्ष मिश्रले आइतबार मेयरविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

गत पुस २२ गते जानकी मन्दिरको फूलबारी अतिक्रमणका विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारमाथि मेयर साहको निर्देशनमा दुव्र्यवहार, कुटपिट तथा संचार सामग्री खोसिएको थियो । घटनामा कान्तिपुर टेलिभिजनका पत्रकार अमरकान्त ठाकुर, उज्यालो नाइन्टी नेटवर्कका सुभाष कर्ण, एबिसी टेलिभिजनका सुमित मिश्रलाई कुटपिट गरी घाइते बनाएको थियो । सोही घटनाको सिसिटिभी फुटेज तथा घटनाको अनुसन्धान गरी दोषिलाई पक्राउ गरी कारवाही गर्ने लिखित सहमति कार्यान्वयन भएपछि आफुहरु बाध्य भएर कानून उपचारमा गएको संघर्ष समितिका संयोजक किरण कुमार कर्णले बताए ।   

घटनाको विषयमा गत शुक्रबार साँझ जनकपुरधाम उप-महानगरपालिकाको तर्फबाट प्रदेश २ का नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झा, लोकसेवा आयोगका सदस्य महारुद्र झा, मेयर लालकिशोर साह, उपमेयर रीता मिश्र र निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवसंग पत्रकार महासंघको बार्ता विफल भएको थियो। वार्ता विफल पछि महासंघको पूर्व निर्धारित कार्यक्रम अनुरुप किटानी जाहेरी दर्ता गराइएको हो ।

यता दूव्र्यवहार तथा कुटपिटको शिकार भएका पीडित पत्रकार छुट्टछुट्टै मुद्दा दर्ता गराउने तयारी गरेको पत्रकार सुमित मिश्रले जनाए। उनले भने, 'मेरो सञ्चार सामग्री मोबाइल, क्यामरा खोसिएको थियो, प्रहरीको दिएको क्यामरामा मेमेरि छैन, त्यसको क्षतिपूर्तिसहित दोषिमाथि कारवाहीका लागि छुट्टै जाहेरी दिन्छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.