कोरोना भाइरस रोक्न नेपाली सिमानामा ‘हेल्थ डेस्क’

कोरोना भाइरस रोक्न नेपाली सिमानामा ‘हेल्थ डेस्क’

भैरहवा : छिमेकी मुलुक चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि रुपन्देहीको सीमा नाका बेलहियामा स्वास्थ्य सहायता कक्ष 'हेल्थ डेस्क' स्थापना गरिएको छ ।

विश्वका दर्जन बढी देशमा यो भाइरस फैलिए पनि नाकामा सतर्कता नअपनाइएको विषयमा अन्नपूर्ण पोस्ट्ले समाचार प्रकाशित गरेपछि बेलहिया नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देही लगायत अन्य सरकारी कार्यालयको समन्वय सिद्धार्थनगर नगरपालिकाले बिहीवार सीमामा ‘हेल्थ डेस्क’ स्थापना गरेको हो । डेस्कमा चिकित्सक सहितको टोली खटेको छ ।

स्थलमार्ग हुदै बेलहिया नाकाबाट सबैभन्दा बढी पर्यटक मुलुकमा भित्रिन्छन् । जसमा अधिकांश चीनियाँ पर्यटक पनि हुने गर्छन् । बेलहिया नाका हुँदै २०१९ मा ६ हजार १ सय ८ जना चिनियाँ नेपाल आएका थिए । यस वर्ष जनवरी २८ सम्म ५ सय ४७ जना चिनियाँ यस नाकाबाट भित्रिएका छन् ।

डेस्कमा नेपाल भित्रिने पर्यटकहरुको स्वास्थ्य परिक्षण हुने गरेको छ । रुघा, खोकी, ज्वरो लगायत लक्ष्ण देखिएका पर्यटकहरु नाकामा स्वास्थ्य परिक्षण गरिने र शंकास्पद लागेको अवस्थामा अस्पतालमा लगेर र्याल नमुना संकलन गरी परिक्षणको लागि राष्ट्रिय प्रयोगशालामा पठाउने ‘हेल्थ डेस्क’ की इन्चार्ज उमा थापाले बताइन् ।

परिक्षणको लागि विशेष गरी चिनियाँ पर्यटकलाई निगरानीमा राखिएको छ । बिहीबार पनि चीनबाट आएका दुई पर्यटकको नाकामा स्वास्थ्य परिक्षण गरिएको छ । जसमा उनीहरुमा भाइरसको कुनै लक्षण नदेखिएको इन्चार्ज थापाले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.