निलम्बित एसएसपी राणामाथि छानविन गर्न तीन सदस्यीय समिति गठन

निलम्बित एसएसपी राणामाथि छानविन गर्न तीन सदस्यीय समिति गठन

धरान : यौन दुर्व्यवहारको आरोप लागेका संघीय प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शौरभ राणा निलम्बनमा परेपछि छानविन गर्न तीन सदस्यीय समिति गठन भएको छ।  शुक्रबारबाट लागु हुनेगरी राणलाई गृहमन्त्रालयले पदबाट निलम्बन गरेको हो । 

स्थानीय एक महिलालाई यौन दुव्र्यवहार गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको थियो।प्रहरी प्रधान कार्यालयले उजुरीमाथि छानविन नगरेको भन्दै पीडित महिलाले गृहमन्त्री रामबहादुर थापा र गृहमन्त्रालयमा समेत उजुरी दर्ता गराए पछि  राण निलम्बनमा परेका हुन् । 

गृहमन्त्रालयको बिहीबार बसेको बैठकले एसएसपी राणलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको गृहप्रबक्ता सहसचिव केदारनाथ शर्माले जानकारी दिए।

उनले राणाविरुद्ध उजुरी परेपछि छानविनका लागि तीन सदस्य समिति समेत गठन गरेको बताए। राणाले आफूलाई डरधम्की दिँदै यौन दुव्र्यवहार गरेको भन्दै पीडित महिलाले गृहमन्त्रालयमा उजुरी दिएको बताइएको छ । राणाले ज्यानमार्ने धम्कीका म्यासेज समेत पीडित महिलाको मोबाइमा पठाएको बुझिएको छ ।  

यता निलम्बनमा परेका एसएसपी शौरभ राणा भने कार्यालय प्रमुखकै हैसियतमा संघीय प्रहरी कार्यालय धरानको कार्यभार सम्हालिरहेका छन् । उनले आफूलाई गृहमन्त्रालयले निलम्बन गरेको विषयमा औपचारिक जानकारी नआइसकेको बताएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.