बृद्धा बलात्कार गर्नेलाई ११ वर्ष कैद
ओखलढुंगा : ओखलढुङ्गा जिल्ला अदालतले ७४ वर्षीया अशक्त बृद्धालाई बलात्कार गरेको ठहर गर्दै ११ वर्ष कैद सजाय सुनाएको छ। अदालतले लिखु गाउँपालिका-९ का ५८ वर्षीय पूर्णबहादुर विकलाई ११ वर्ष कैद सजायको तोकेको हो ।
न्यायाधीश दलबहादुर केशीको इजलाशले कसुर ठहर गर्दै बलात्कार गरेको अभियोगमा ९ र अशक्त बृद्धा महिलामाथि बलात्कार गरेकोमा थप २ वर्ष गरि ११ वर्ष कैद सजायको फैसला गरेको अदालतका श्रेष्तेदार नेत्रबन्धु पौड्यालले बताए ।
अदालतले ०७६ पुस २८ गते विकले कसुर गरेको ठहर गरेको थियो । बलात्कार अभियोगमा ०७५ पुस २९ गते गिरफ्तार परेका विक ०७५ माघ १८ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए।