फेला पर्‍यो पृथ्वी र सूर्यभन्दा पुरानो धुलोको कण

फेला पर्‍यो पृथ्वी र सूर्यभन्दा पुरानो धुलोको कण

पृथ्वीमा हाम्रो सौर्यमण्डलभन्दा पुरानो धुलोको कण पत्ता लागेको छ। वैज्ञानिकका अनुसार यो धुलोको कण जुन समयमा बन्यो त्यतिबेला सौर्यमण्डल र पृथ्वी अस्तित्वमा नै थिएन।

आजभन्दा ५० वर्षअघि सन् १९६९ मा पृथ्वीमा एउटा उल्का पिण्ड खसेको थियो। उक्त उल्का पिण्डले कुनै विनाश गरेन। तर, त्यसले ब्रह्माण्डको एउटा अवशेषलाई पृथ्वीमा ल्यायो। अर्थात् त्यो अवशेष धुलाको पुरानो कण थियो।

सूर्य चार अर्ब ६० करोड वर्ष पुरानो हो। यस्तै पृथ्वीको आयु साढे चार अर्ब वर्षको छ। अस्ट्रेलियामा खसेको उल्का पिण्डमा फेला परेका धुलोको कण सूर्य र पृथ्वीभन्दा पनि पुराना छन्।

अनुसन्धानमा संलग्न अमेरिकाको सिकागो विश्वविद्यालयका सहायक प्राध्यापक फिलिप हेकले आफ्नो जीवनको अचम्मलाग्दो खोज भएको र यसले ब्रह्माण्डमा ताराहरूको उत्पत्तिको कथा बताउने बताएका छन्।

वैज्ञानिकले उक्त उल्का पिण्डको टुक्रालाई पिसेर धुलो बनाए। सबै टुक्रा पिस्दा घाउमा लगाउने लेपजस्तै भएको थियो। बदामको बटर कुहिँदा जस्तो गन्ध आउँछ त्यो लेपबाट त्यस्तै गन्ध आएको फिलिपले बताए। त्यसपछि त्यो लेपलाई तेजाबमा घोले। अरू सबै पग्लिए। तर, ताराका कण चाहिँ बाँकी नै थिए।

अन्तरिक्षमा पाक्यो कुकिज

अन्तरिक्ष यात्रीले पहिलो पटक इन्टरनेसनल स्पेस स्टेसनमा कुकिज, चकलेट र चिप्स बनाएका छन्। उनीहरूले त्यहाँ पकाउनको लागि डिसेम्बरमा विशेष ओवन आईएसएसमा पठाइएको थियो। उक्त ओभनले जिरो ग्र्याभिटीमा पनि काम गर्छ।

ओभनमा कुकिज बनाउन पृथ्वीमा भन्दा दुई घण्टा बढी समय लागेको थियो। यसको प्रयोग इटालीका अन्तरिक्ष यात्री लुसा परमितानोले गरेका छन्। उक्त कुकिजलाई कसैले चाखेका भने छैनन्। त्यसैले यसको स्वाद कस्तो छ कसैलाई थाहा छैन।

कुकिजलाई ह्युस्टनको एक फ्रोजनल ल्याबमा स्पेसएक्स क्याप्सुलको तरिकाले एक निजी बेकिङ पाउचमा राखिएको छ। जिरो ग्र्याभिटी ओभन बनाउने नेनारेक्सले अन्तरिक्षमा पृथ्वीबाट पठाइएको खाद्यसामग्री पकाउन धेरै समय लाग्ला भन्ने सोचेका थिए। तर, कुकिज दुई घण्टामै पाकेपछि उनी अचम्ममा परेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.