वडाध्यक्ष हत्या विरोधमा बिनायक बजार बन्द
अछाम : वडाध्यक्ष हत्याको छानबिनको माग गर्दै बिनायक बजार बन्द गरिएको छ ।मृतकका आफन्तले बिहानैदेखि सडकमा नाराजुलुश गर्दै चक्काजाम गरेका छन् । हत्या विरोधमा व्यापारीले पसल समेत बन्द गरेका छन्।मृतकका आफन्तले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाएका छन् ।
शान्ती सुरक्षा कायम गर,हत्यारा छिटो पत्ता लगा भन्दै बजारमा स्थानीयले नाराबाजी समेत गरेका छन्।प्रदर्शनकारीले पन्चदेवल बजारमा बिहानैदेखि टायर बालेर विरोध गरइरहेका छन्। सवारी आवतजावत समेत बन्द भएको छ ।
पन्चदेवल बिनायक नगरपालिका २ का अध्यक्ष पदमबहादुर धामीको हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझ्न मानेका छैनन् । अनुसन्धानका लागि कुकुरसहितको टोलि धनगढीबाट अछाम पुगेको प्रहरीले जनाएको छ ।
सिबिआइ र तालिमप्राप्त कुकुर सहितको टोलिले अनुसन्धान प्रक्रिया सुरु गर्ने भएको छ।उनको शव मंगलबार बिहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको एक स्थानीयको गोठमा भेटिएको थियो। गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फेला परेको थियो। 

प्रतिक्रिया दिनुहोस !