चिनियाँको विकल्प खोज्दै सरकार

चिनियाँको विकल्प खोज्दै सरकार

काठमाडौं : छिमेकी चीनमा फैलिएको कोरोना भाइरस संक्रमणले पर्यटक आगमनमा असर पर्ने देखिएको छ। नेपाल भ्रमण २०२० मा चीनबाट पाँच लाख पर्यटक ल्याउने तयारी सरकारको छ।

कोरोना भाइरस संक्रमणका कारण लक्ष्यबमोजिम चिनियाँ पर्यटक आउन नसक्ने भएपछि सरकार अन्य विकल्पको खोजीमा लागेको छ। भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कोरोना भाइरसको असर नेपालको पर्यटनमा देखिएको बताए। मन्त्री भट्टराईले बुधबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मन्त्रालयले चिनियाँ पर्यटकको विकल्प खोजिरहेको जानकारी दिए।

‘कोरोना भाइरसले हाम्रो पर्यटनमा सबैभन्दा बढी असर पुर्‍याएको छ। चीनबाट गत वर्ष तीन लाख पर्यटक आएका थिए। यही आधारमा पर्यटक बढ्ने अपेक्षा थियो’, उनले भने, ‘अब त्यसको वैकल्पिक मार्केट खोज्न थालेका छौं। विदेशमा कसरी राम्रो सन्देश दिने भनेर काम गरिरहेका छौं।’

चीनको विकल्पमा पर्यटक भिœयाउन संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका सीईओ र पर्यटन विभागका महानिर्देशकलाई फोकल पर्सन तोकिएको मन्त्री भट्टराईले बताए।

‘नेपाल कोरोना भाइरसको फ्री जोन हो। भोलिका दिनमा के हुन्छ भन्न सकिन्न। तर आजका दिनसम्म हामीसँग एकजना पनि कोरोनाको बिरामी छैन। यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न जरुरी छ’, उनले भने, ‘चिनियाँ राजदूतले समेत कोरोनालाई नियन्त्रण गरेर पुरानै अवस्थामा फर्किन्छौं भन्नुभएको छ।’

चीनबाहेक अन्य देशबाट नेपाल आउने पर्यटकमा समेत कोरोना भाइसरको त्रासका फैलिएको छ। विदेशी पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिन सके मात्र नेपाल भ्रमण वर्षको लक्ष्य पूरा हुने सुझाव सांसदहरूले दिएका छन्।

पूर्वप्रधानमन्त्री एवं सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्यटकलाई कोरोना भाइसरको त्रासबाट मुक्त गराउन सकेमात्र भ्रमण वर्षको लक्ष्य पूरा हुने बताए। ‘म कुनै देश जानुअघि त्यहाँ कोरोना भाइरसबाट बच्ने सुरक्षा कस्तो छ भनेर हेर्छु। स्वास्थ्य परीक्षण गरिरहेको छ कि छैन ? हेल्थ डेक्स राखेको छ कि छैन भनेर हेर्छु’, उनले भने, ‘होइन भने मलाई पनि डर लाग्छ। त्यसैले सबैभन्दा पहिले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्छ।’

प्रमुख प्रतिपक्षी कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरस रोकथाममा नेपालले यस्तै लापरबाही गरिरह्यो भने अवस्था जटिल हुन सक्ने बताए। कोरोनाले देशकै अर्थतन्त्रमा असर गर्ने उनको भनाइ छ।

समाजवादी पार्टीकी रेणुका गुरुङले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा भएको नोक्सानीको विकल्प खोज्नुपर्ने बताइन्। समिति सभापति पवित्रा निरौलाले नेपाल भ्रमणका लागि पूर्वाधारको विकास गर्न नसकेको बताइन्। उनले भनिन्, ‘नेपाल प्राकृतिक रूपमा धनी छ। यसलाई सफा राखिदिए पुग्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.