चट्याङले लागेर खानेपानी कार्यालयमा क्षति

चट्याङले लागेर खानेपानी कार्यालयमा क्षति

दाङ : चट्याङले दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा जडान गरिएका उपकरण जलेका छन् । शनिबार दिउँसो हावाहुरी र पानीसँगै परेको चट्याङले लागेर भरतपुर खानेपानी उपभोक्ता समितिको कार्यालयमा रहेको विद्युत् मिटरबक्स, तार, ब्याट्री, कम्प्युटर, टेलिफोन, जेनेरेटर र तीनवटा डिप बोरिङमा जडान गरिएका मोटरहरु जलेका छन्।

 चट्याङले १० लाख बढीका उपकरण जलेर नष्ट भएको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शंकर गौतमले जानकारी दिए । खानेपानीका तीन वटा मोटर जलेका कारण एक हप्तासम्म खानेपानी वितरण कार्य प्रभावित हुने र तीन दिनसम्म कार्यालयबाट प्रवाह गरिने महसुल जम्मा गर्ने लगायतका कम्युटरका माध्यमबाट हुने सेवा बन्द गरिएको अध्यक्ष गौतमले जानकारी दिए। 

नयाँ उपकरण खरिद गरी सेवा सुचारु गर्नका लागि आइतबारदेखि नै काम थालिएको अध्यक्ष गौतमले जानकारी दिए । एउटा डीप बोरिङ मात्रै हाल सञ्चालनमा रहेका कारण उपभोक्ताको धारमा एक हप्तासम्म केही मात्रै खानेपानी आउने उनको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.