फारवेष्ट पशुपति कपको उपाधि स्टार सिटीलाई

फारवेष्ट पशुपति कपको उपाधि स्टार सिटीलाई

धनगढी : पाँचौं हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उपाधि स्टार सिटी युवा क्लवले जितेको छ ।

प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम ११ लाई १–० ले पराजित गर्दै स्टार सिटीले उपाधिमाथि कब्जा जमाएको हो । स्टार सिटीको उपाधिमा विक्रम सिंहले निर्णायक गोल गरे । उनले पहिलो हाफको ईन्जुरी समयको एक मिनेटमा गोल गरे । विदेशी खेलाडी ओरियलको पासमा विक्रमले सुन्दर गोल गरे ।

प्रतियोगिताको विजेता बनेको स्टार सिटीले पाँच लाख नगद सहित ट्रफी र मेडल पाएको छ भने उपविजेता बनेको सुदूरपश्चिम ११ ले २ लाख ५० हजारमा चित्त बुझाएको छ ।

पाँचौं संस्करणको विजेता बनेको स्टार सिटीले प्रतियोगिताका विभिन्न विधामा समेत कब्जा जमाएको छ । स्टार सिटीका कुवेर सिंह प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । उनले नगद  २५ हजार प्राप्त गरे ।

उत्कृष्ट प्रशिक्षक स्टार सिटीका कुमार शाही, उत्कृष्ट गोलरक्षक स्टार सिटीका प्रियम खड्का, उत्कृष्ट रक्षक स्टार सिटीका राकेश हमाल, सर्वाधिक गोलकर्ता स्टार सिटीका विक्रम सिंह भए ।

त्यस्तै उदयमान खेलाडी फारवेष्ट पशुपति युवा क्लबका रोशन विसी भए । उनीहरुले जनही उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । विजयी खेलाडीहरुलाई एक समारोहका बीच नगद सिल्ड तथा पुरस्कार वितरण गरिएको छ ।

आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष  खेम रावतको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका मेयर नृप ओड थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.