प्रदेशसभा बैठकमा कांग्रेसको अवरोध

प्रदेशसभा बैठकमा कांग्रेसको अवरोध

विराटनगर : ललितानिवास जग्गा प्रकरणको मुद्दाको विषय प्रदेश १ संसदमा पनि प्रवेश पाएको छ। सोही विषयलाई लिएर आइतबार बोलाएको संसद बैठक कांग्रेस संसदले अवरोध गरेका छन् । जग्गा प्रकरणको मुद्दामा वर्तमान सरकारले आफ्नालाई बचाउने र अन्यलाई मुद्दा लगाउने षड्यन्त्र गरेको भन्दै कांग्रेस सांसदले बैठक अवरोध गरेका हुन् । 

आइतबार बसेको बैठकको सुरुवातमै कांग्रेस सांसदले आ-आफ्नो स्थानबाट उठेर अवरोध गरेका थिए । सभामुख प्रदिप भण्डारीले पटक-पटक बैठक सूचारु गर्नमा सहयोग पुर्‍याउन अनुरोध गर्दा पनि नेपाली कांग्रेसका सांसद उभिएर अवरोध गरेका थिए । 

सभामुख प्रदीपकुमार भण्डारीले पटक-पटक बस्न आग्रह गरेपनि नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाएपछि सचेतक सूयर्माराज राईलाई बोल्न समय दिइएको थियो । संसदमा बोल्दै कांग्रेस सचेतक राईले सरकारले विभेदकारी नीति अपनाएर कसैलाई मुद्दा दायर गर्ने र कसैलाई उन्मुक्ति दिएकोमा कांग्रेसले यसको विरोध गरेको बताए । 

'एउटै प्रकृतिको मुद्दामा पक्षपात भएको छ,' सचेतक राईले भने, 'जबसम्म सरकारले सबैमा एकरुपता देखाउँदैन तबसम्म संसद बैठक कांग्रेसले अवरोध गर्नेछ।' सचेतक राईले ललितानिवास जग्गा प्रकरणमा माधव नेपाल, बाबुराम भट्टराई, लीलामणि पौडेललाई पनि मुद्दा चलाउनुपर्ने माग कांग्रेसको रहेको बताए ।

लगतै पुन: कांग्रेस संसदले उठेर विरोध जनाएपछि आइतबारको बैठक स्थगित भएको सभामुखले घोषणा गरे । अर्को बैठक माघ २७ गते सोमबार २ बजेका लागि बोलाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.