प्रदेश १ संसद बैठक २ मिनेट बसेर स्थगित

प्रदेश १ संसद बैठक २ मिनेट बसेर स्थगित

विराटनगर : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश १ को संसद बैठक सोमबार पनि स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पार्टी हेरेर मुद्दा चलाउने निर्णय गरेको विरोधमा कांग्रेस संसदले सोमबार पनि संसद अवरोध गरेको हो । सोमबारको बैठक २ मिनेट २६ सेकेण्ड मात्रै बसेको थियो ।

आइतबार कांग्रेस संसदीय दलको बैठकले प्रदेश सभा बैठक अवरोध गर्ने निर्णय गरेसँगै आइतबारबाट नै कांग्रेस संसदले प्रदेश सभा अवरोध गर्दै आएका छन् । सोमबार सभामुख प्रदिप भण्डारीले बैठक सुरु भएको जानकारी गराउनासाथ कांग्रेस संसदले उभिएर विरोध जनाएका थिए । 

सभामुख भण्डारीले संसद अवरोधको विषयमा आइतबार कांग्रेस संसदीय दलका सचेतकलाई बोल्ने समय दिएको र सो जग्गा प्रकरणको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले कांग्रेस संसदलाई बस्न आग्रह गरेका थिए । 

‘यो विषय प्रदेश सभाले केही गर्न सक्दैन, जग्गा प्रकरणको विषय अदालतमा पुगेकाले बसेर सदन सुचारु हुने वातावरण मिलाउनुहोस,’ सभामुखले कांग्रेस संसदलाई आग्रह गर्दै भने । तर, कांग्रेस संसदले नबसी विरोध जनाएपछि बैठक २८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुखले घोषणा गरे । 
 
कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईले वर्तमान सरकारको इसारामा अख्तियारले पार्टी हेरेर मुद्दा लगाएकाले त्यसको विरोधमा संसद अबरोध गरेको बताए । ‘पार्टी हेरेर मुद्दा लगाउने होइन, सो प्रकरणमा मुछिएका सबैलाई मुद्दा लगाउनुपर्छ,’ सचेतक राईले भने ‘हामिले गच्छदारलाई मुद्दा नलगाउ भनेको होइन, यो प्रकरणका सबै दोशीले सजाय भोग्नुपर्छ भनेर संसद अबरोध गरेका हौँ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.