किर्ते गर्ने औषधि व्यवसायीले गरे आत्मसमर्पण

किर्ते गर्ने औषधि व्यवसायीले गरे आत्मसमर्पण

धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पतालमा किर्ते करचुक्ताको नक्कली प्रमाणपत्र पेश गरेर करोडौंका ठेक्का लिएको खुलेपछि फरार रहेका धनगढीका औषधि व्यवसायी दुस्यन्त बस्नेतले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्। गत मंसिरदेखि फरार रहेका उनी, मंगलबार आफैं जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका हुन्।

कैलाली प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले उनी आफैं जिल्ला प्रहरी कार्यालय आएको बताए। औषधि व्यवसायी दुस्यन्त बस्नेत र उनका साझेदार भारतीय नागरिक प्रदीप अग्रवालले किर्ते कर चुक्ताको प्रमाणपत्र पेस गरेर सुदूरपश्चिमका विभिन्न अस्पतालहरूमा करोडौंको औषधि आपूर्तिको ठेक्का लिएको खुलेको थियो।

बस्नेत र अग्रवाल सञ्चालक रहेको अमित मेडिसिन डिस्ट्रिव्युटर्सले सुदूरपश्चिमकै ठूलो गेटा आँखा अस्पतालको चार करोडभन्दा बढीको औषधि आपुर्तिको ठेक्का किर्ते करचुक्ता गरेर लिएका थिए भने उनले क्षेत्रीय स्वास्थ्य निर्देशनालयका पनि करोडौंका ठेक्कामा किर्ते गरेकै नक्कली कर चुक्ताको प्रमाणपत्र पेस गरेका थिए।

गत मंसिरमा गेटा आँखा अस्पतालमा किर्ते गरेको करचुक्ता प्रमाणपत्र भेटिएपछि उनले ठेक्का पाएका अरु स्थानको पनि खोजी भएको थियो। उनले राज्यलाई करोडौंको कर छलि गरेको र कर तिरेको नक्कली प्रमाणपत्र आफैं बनाएको प्रहरीले जनाएको छ। अमित मेडिसिनका सञ्चालक बस्नेतले नै कारोबार गर्ने अर्को कम्पनी ड्रग सेन्टर धनगढीले पनि त्यही किर्ते कागजातको आधारमा धेरै औषधि आपुर्तिको ठेक्का लिएको छ।

ड्रग सेन्टरले आइरन फोलिक एसिड ट्याब्लेट, भिटामिन ‘ए’ क्याप्सुल र कुपोषित बालबालिकालाई पोषण पुर्‍याउन प्रयोग हुने आरयुटिएफ नामक औषधि आपूर्तिका लागि खुलेको टेण्डर लिन पनि किर्ते करचुक्ताको प्रमाणपत्र पेस गरेको पाइएको थियो। बस्नेतले आर्थिक वर्ष २०७५/०७६ मा खरिद गरेको आइरन फोलिक एसिड ट्याब्लेट, भिटामिन ‘ए’ क्याप्सुल र आरयुटिएफ औषधिमा नक्कली करचुक्ता प्रमाण पेस गरेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यतिमात्र होइन, उनले सोही आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले बालबालिकाका लागि प्रयोग हुने औषधि आइएमएनसिआईका लागि मागेको बोलपत्रका लागि पनि औषधि उत्पादक कम्पनी क्युरेक्स फर्मास्ट्युकल्स प्रालिले दिएको आधिकारिक पत्रलाई स्क्यानिङ गरी प्रदेश निर्देशनालयको अर्को टेन्डर पनि हात पारेका थिए।

क्युरेक्सले दिएको आधिकारिक पत्रमा मन्त्रालयको नाम र टेण्डर नम्बरसमेत उल्लेख छ। ड्रग सेन्टरले स्क्यानिङ गरी किर्ते गर्दा मन्त्रालयको नाम हटाउन बिर्सेपछि, सो टेण्डरमा पनि नक्कली कागजात पेस गरेको खुलेको हो। बस्नेतले नक्कली करचुक्ताको प्रमाण पेस गरेको समाचार सार्वजनिक भएपछि उनी र उनका साँझेदार प्रदीप अग्रवाल मंसिरको पहिलो सातादेखि नै फरार थिए।

अग्रवाल अझै पनि फरार छन्। सेती प्रादेशिक अस्पतालमा एक दशकदेखि औषधि आपूर्ति गर्दै आएका बस्नेतले आधाभन्दा कम औषधि आपूर्ति नगर्ने गरेको पनि आरोप लागेको छ। औषधि आपूर्तिमा सुदूरपश्चिम भरी उनको एकछत्र राज थियो। आफूमात्रै ठूलो आपूर्तिकर्ता भएको दाबी गर्दै आएका व्यवसायी बस्नेतले सम्झौताअनुसारको औषधि कहिले पनि आपूर्ति नगरेको सेती प्राविधिक अस्पतालले स्रोतले बतायो।

कैलाली प्रहरीले उनीमाथि सरकारी छाप दस्तखत किर्ते मुद्दा दर्ता गरे पनि उनी पक्राउ परेका थिएनन्। मंगलबार प्रहरीमा आत्मसमर्पण गरेका बस्नेतमाथि अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भयरहेको प्रहरीले जनाएको छ। करचुक्ताका प्रमाणपत्रबारे आन्तरिक राजश्व कार्यालयले उनको हिसाबकिताबको कम्प्युटर नियन्त्रणमा लिएको छ। एक महिनासम्म छानबिनपछि कम्प्युटर भने कार्यालयले फिर्ता गरेको छ।

क्याप्सन्ः फरार भएको तीन महिनापछि आफैं प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका व्यवसायी दुस्यन्त बस्नेत। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.