भ्रूणहत्या प्रकरण संसदमा : गाउँपालिका अध्यक्षलाई कारबाहीको माग

भ्रूणहत्या प्रकरण संसदमा : गाउँपालिका अध्यक्षलाई कारबाहीको माग

विराटनगर : प्रदेश १ की सांसद उमिता विश्‍वकर्माले पाँचथर कुम्मायक-१ यासोककी दलित परिवारकी युवतीले अन्तरजातीय विवाह गरेकै कारण जबरजस्ती दबाबमा गर्भपन गराएको भन्दै पीडितलाई न्याय दिन माग गरेकी छिन् । 

प्रदेशसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद विश्वकर्माले स्याबरुम्बाका रमेश खड्कासँग प्रेम विवाह गरेकी ती युवतीको गर्भ परिवार र स्थानीय जनप्रतिनिधिको दबाबमा फालिएपछि युवतीको बिचल्ली भएको बताइन् । 

'अन्तर्जातीय विवाह गरेकी युवती गर्भवती भएकी र उनलाई रमेशका परिवारले घरमा समेत नभित्र्याएको र दबाबमा गर्भपतन गराएर युवतीलाई एक्लै छाडेको छ, उनको स्वास्थ्य अवस्था नाजुक छ, 'सांसद विश्वकर्माले भनिन्, 'गर्भपतन गराउन दबाब दिने र अन्तरजातीय विवाहकै कारण युवतीलाई हिंसा गर्नेलाई कारवाही गरोस्।'

पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष जयकुमार चेम्जोङ र परिवारको दबाबमा ती युवतीको २१ हप्ताको भू्णहत्या गरेको खुलेको पीडित परिवारको आरोप छ । मेघा बैंक कुम्मायक शाखामा कार्यरत कुम्मायक ५ स्याबरुम्बाका रमेश खड्का र यासोक बजारकी ती दलित युवतीले साउन २८ गते पाँचथर सदरमुकाम फिदिमको शिवालय मन्दिरमा विवाह गरेका थिए । 

विवाहपछि रमेशको परिवारले घरमा ल्याउन नदिएपछि रमेशले ती युवतीलाई कोठामा लिएर राखेका थिए । परिवारको दबाबपछि पुष २४ गते पाँचथर सदरमुकाम फिदिमको समर्पित अस्पतालमा लगेर २६ गते राती जबरजस्ती गर्भपतन गराइएको पीडित युवतीकी आमाको आरोप छ।२८ गते अस्पतालबाट युवतीलाई डिस्चार्ज दिइएका थियो । गर्भपतन गराएपछि रमेश सम्पर्कबिहीन छन् । 

पीडित युवतीले गाउँपालिका अध्यक्षसहित सातजनाविरुद्ध माघ २२ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् । जोहेरी परेकामध्ये तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।अध्यक्ष भने फरार छन् । पाँचथरका प्रहरी निरीक्षक रोमनराज आर्यालले फरार रहेका अध्यक्षसहितका अन्यको खोजि भइरहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.