छोरीको तौल बराबर पुस्तक दाइजो
गुजरातः विवाहमा बाबुआमाले छोरीलाई प्राय गरगहना, कपडा, नगद जिन्सी सामान दाइजो दिने गर्छन् । तर गुजरातको राजकोटमा एक पिताले आफ्नी छोरीलाई विवाहमा २ हजार २ सय किताब दिएर बिदाइ गरेका छन् ।
वास्तवमा, नानमवाका शिक्षक हरदेव सिंह जाडेजाका छोरी किन्नरी बा बाल्यकालदेखि नै पुस्तक पढ्न रुचाउँथिन् । उनको घरमा ५ सय पुस्तकको पुस्तकालय पनि छ ।
आफ्नो विवाहमा उनले दाइजो आफ्नै तौल बराबरको पुस्तक मागेकी हुन् । उनका पिताले छोरीलाई मनपर्ने पुस्तकको सूची तयार पारे । ६ महिनासम्म दिल्ली, काशी र बैंगलोरलगायतका सहरबाट विभिन्न पुस्तकहरू संकलन गरे । संकलन गरेका पुस्तकमा वेद व्यासदेखि आधुनिक लेखकको अंग्रेजी, हिन्दी तथा गुजराती भाषाका पुस्तक छन् । कुरान र बाइबल सहित १८ पुराण पनि छन् । छोरीसँगै सबै पुस्तहरु उनले बिदा गरेका छन् ।