६० क्याम्पसलाई १४ करोड अनुदान

६० क्याम्पसलाई १४ करोड अनुदान

दाङ : प्रदेश ५ सरकारले सामुदायिक क्याम्पसको पूर्वाधार निर्माणका साथै स्तरउन्नती गर्न चालु आर्थिक वर्षमा १४ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले प्रदेश ५ मा रहेका सामुदायिक क्याम्पसका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश अन्र्तगतका विभिन्न जिल्लामा ६० क्याम्पसका लागि यो रकम प्रदेशको बजेटबाट अनुदान दिइएको हो । 

सामाजिक विकास मन्त्रालय शिक्षा तथा समाजिक विकास निर्देशनालयले आफ्नो प्रदेशभित्र रहेका ६० वटा सामुदायिक क्याम्पसको स्तरोन्नतीका रकमको व्यवस्थापन गरेको जनाएको छ । ५ प्रदेश सरकारले दाङसहित विभिन्न जिल्लाका क्याम्पसको स्तरोन्नतीका लागि १३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेशका विभिन्न जिल्लामा रहेका क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पूर्वाधार सहयोग कार्यक्रमअन्र्तगत क्याम्पसलाई उक्त रकम उपलब्ध गराउने भएको हो । 

जसमध्ये दाङमा रहेका विभिन्न क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि १ करोड ४३ लाख रुपैयाँ विनियोजन भएको छ । जिल्लामा रहेका विभिन्न सामुदायिक क्याम्पसको शैक्षिक स्तरोन्नतीका लागि  प्रदेश ५ सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा तथा समाजिक विकास निर्देशनालयले क्याम्पसको पूर्वाधार निर्माण र स्तरोन्नतीका लागि उक्त रकम विनियोजन गरेको हो । 

सामाजिक विकास डिभिजन कार्यालय दाङले क्याम्पसको स्तरउन्नतीका लागि दाङमा पनि रकम आएको बताएको छ । कार्यालय प्रमुख माधव बञ्जाडेले दाङका विभिन्न शीर्षकमा गरेर पाँच सामुदायिक क्याम्पसका लागि रकम आएको बताए । प्रदेश ५ सरकारले जिल्लामा रहेका सामुदायिक क्याम्पसको शैक्षिक अवस्था सुधारका लागि १ करोड ४३ लाख वजेट विनियोजन गरेको छ । 

जसअन्तर्गत तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा चमेना गृह निर्माणका लागि ३० लाख बजेट विनियोजन गरेको छ । भने घोराहीमा रहेको पद्मोदय क्याम्पसको भवन निर्माणका लागि ६० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै लमही  नगरपालिकामा रहेको देउखुरी बहुमुखी क्याम्पसमा ट्रष्ट निर्माणका लागि ३० लाख बजेट छुट्याएको छ ।

त्यसैगरी राप्ती गाउँपालिकामा रहेको ऐरावति आदर्श बहुमुखी क्याम्पसको शौचालय मर्मतका लागि १३ लाख बजेट विनियोजन गरेको छ भने गढवा गाउँपालिकाको गढवा बुहमुखी क्याम्पसमा सूचना प्रविधि जडानका लागि १० लाख बजेट विनियोजन गरेको छ।
 
त्यस्तै रुपन्देही जिल्लाका १२ वटा क्याम्पसका लागि २ करोड १० लाख, कपिलवस्तु जिल्लाका ७ वटा क्याम्पसका लागि १ करोड ३५ लाख वजेट विनियोजन गरिएको छ । नवलपरासी जिल्लामा रहेका विभिन्न ६ सामुदायिक क्याम्पसको स्तरोन्नतीका लागि १ करोड १५ लाख रकम विनियोजन गरिएको छ। 

त्यसैगरी पाल्पाका ७ क्याम्पसका लागि १ करोड ३० लाख, गुल्मीका ६ वटा क्याम्पसका लागि १ करोड ३९ लाख, अर्घाखाँची जिल्लाका ३ क्याम्पसका लागि ९१ लाख बजेट विनियोजन गरिएको छ । यस्तै बर्दियाका ८ वटा क्याम्पसका लागि १ करोड ४७ लाख बजेट विनियोजन गरिएको छ भने बाँकेका २ क्याम्पसका लागि ८० लाख बजेट विनियोज गरिएको छ । 

पूर्वी रुकुमको सिस्ने शिक्षा क्याम्पसको भवन निर्माणका लागि ६० लाख बजेट विनियोजन गरेको छ भने प्युठानका ४ सामुदायिक क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि १ करोड बजेट विनियोजन गरिएको हो । सरकारले उपलव्ध गराएको अनुदान रकम तोकिएको पूर्वाधारमा मात्र खर्च गर्न पाउने गरी प्रदेशका ११ वटा जिल्लामा रहेका सामुदायिक क्याम्पसको लागि रकम व्यवस्थापन गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.