प्रजातन्त्र दिवसमा घोडादौड र पैसेरु नाच

प्रजातन्त्र दिवसमा घोडादौड र पैसेरु नाच

डोल्पा : डोल्पामा ७० औं प्रजातन्त्र दिवस विभिध कार्यक्रम गरी तीन दिन भव्यरुपमा मनाइने भएको छ ।घोडादौडदेखि मैत्रीपूर्ण भलिबल र पैसेरु नाचसम्म प्रर्दशन गरी मनाइने आयोजक जिल्ला समन्वय समितिले जानकारी दिएको छ । 

७०औं प्रजातन्त्र दिवसको मुल आयोजक जिल्ला समन्वय समितिले जिल्लाका सबै कार्यालयको आर्थिक सहयोगमा प्रजातन्त्र दिवस मनाउन लागेको जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढाले बताए । 

फागुन ६ गते सरकारी तथा गैरसरकारी कार्यालय सार्वजनिक स्थल, बजार सरसफाइ गर्ने सबै कार्यालयमा साँझ ८ गते सम्म दीप प्रज्वलन गर्ने, कारगारका कैदी र अस्पतलका बिरामीलाई फलफूल वितरण गर्ने र मैत्रिपूर्ण भलिबल खेल शुभारम्भ गर्ने कार्यक्रम रहेका छन्। 

त्यसैगरी फागुन ७ गते प्रभातफेरी,नृत्य, माध्यामिक विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगिता, पैसूरु नाच र मनतव्यको कार्यक्रम रहेको आयोजक जिल्ला समन्वय अधिकारी नारायण अधिकारीले जानकारी दिए। 

उनका अनुसार फागुन ८ गते बिहान भलिबलको फाइनल खेल गरेर दिउँसो सबैको लोकप्रिय खेल घोडादौड प्रतियोगित गरी पुरस्कारसहित समापन गर्ने कार्यक्रम तय भएको बताए। 

डोल्पामा प्रजातन्त्र दिवसमा घोडादौड प्रतियोगिता २०५२ सालदेखि नै थालनी गरिएको हो । उक्त प्रतियोगितलाई यस वर्ष पनि प्राथमिकतामा राख्दै घोडादौड आयोजना गरिने भएको छ।

तर अघिल्ला वर्षमा घोडादौड ७ गते गरिने भएपनि यस वर्ष भने ८ गते सारिएको छ। ७० औं प्रजातन्त्र दिवसको अवसरमा हुने सबै कार्यक्रममा सरकारी कार्यालयका कर्मचारी, स्थानीय र होटल व्यवसायीहरुलाई अनिवार्यरुपमा उपस्थित हुन प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.