सुन्तलाबाट एक वर्षमा ३० करोड आम्दानी

सुन्तलाबाट एक वर्षमा ३० करोड आम्दानी

भोजपुर : षडानन्द नगरपालिका ८ दिङ्लाका राजन खत्रीले यो वर्ष सुन्तलाबाट राम्रो कमाइ गरे। बगान सप्रिएपछि सुन्तलाले राम्रो उत्पादन दियो । त्यही बगानबाट यो वर्ष ५ लाख बढीको आम्दानी गरेका छन् । गत साल सोहि बगानबाट साढे एक लाख बराबरको सुन्तला बेचेका उनले यो वर्ष चार गुणा बढी नाफा लिए । मौसम र बगानको उचित व्यवस्थापनले सुन्तलाबाट नाफा पाएको उनले सुनाए ।

'यो वर्ष लगानीअनुसारकै उत्पादन र आम्दानी भयो,' उनले भने, 'यो वर्ष किराको प्रकोप पनि कम देखियो, मलजल र किटनाशक औषधिले बगानमा राम्रै सुन्तलाको दाना पनि लाग्यो।अब नयाँ बोटहरु विस्तार गर्ने सोचमा छु।'

यस्तै टेम्के मैयुङ गाउँपालिका २ छिनामखुका रामकुमार राईले यो वर्ष सुन्तलाबाटै १० लाख बढीको आम्दानी गरे । २५ रोपनीमा लगाएको सुन्तलाले उत्पादनसँगै राम्रो भाउ पाएपछि आम्दानी भएको उनले सुनाए । किराको प्रकोपले गर्दा गतवर्ष उनले घाटा खाएका थिए । 

योवर्ष भोजपुर नगरपालिका गुप्तेश्वरका सुन्तला कृषक गणेश प्रधानले पनि झण्डै २० प्रतिशत बढीले सुन्तला फलाए । उत्पादनसँगै भाउ पनि बढेको उनले बताए । सुन्तला ढुवानी गर्ने ठेकेदार बगानमै राम्रो मोल लगाउँदै आएपछि आफैंले बेच्न बाहिर लैजानु नपरेको उनले सुनाए । भने, ,'गतवर्ष डेढलाख बराबर नै घाटा खाइयो, सुन्तला पनि फलेन, बिक्री पनि खासै भएन, यो वर्ष ठेकेदार बगानबाटै सबै सुन्तला उठाए,' यो वर्ष पर्याप्त वर्षा, नयाँ बोट विस्तार र रोगकीरा आदिको प्रकोप घट्नाले उत्पादन बढेको हो ।'

सुन्तलाको माग बढेसँगै सुन्तला ढुवानी गर्ने ठेकेदार गाउँगाउँमा पुगेर सुन्तलाका बोटमै मोलमोलाई गर्ने गरेका छन् । बोटमै प्रतिदाना १० देखि ३० रुपैयाँसम्म सुन्तला उठाउने गरेको ढुवानी व्यावसायीहरु बताउँछन् ।

गतसालको तुलनामा प्रशस्त उत्पादन र पहाडको ताजा सुन्तलाको बढ्दो मागले पनि यो वर्ष सुन्तला ढुवानी गर्न भ्याइनभ्याइ भएको सुन्तला ढुवानीकर्ता मणि राईले बताए ।यो वर्ष भोजपुरमा सुन्तलाबाट ३० करोड बराबरको कारोबार भएको छ । यो वर्ष जिल्लाभर कुल चार हजार ७ सय ६ मेट्रिक टन सुन्तला बिक्री भएको छ । गत वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । 

करिब दुई करोड मूल्य बराबरको सुन्तला जिल्लाभित्र र बाँकी अन्य जिल्लामा खपत हुने गरेको केन्द्रका निमित्त कार्यालय प्रमुख योगन्द्रप्रसाद यादवले जनाए । गत वर्ष २८ करोड २९ लाख ४४ हजार बराबरको सुन्तला बिक्री भएको कार्यालयको तथ्यांक छ । जिल्लाको कुल ५ सय ८७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ ।

तीमध्ये २ सय ८७ ठूला बैगचा तथा सामान्य रुपमा सुन्तला खेती हुन्छ । कम खर्चिलो, कम लगानी र थोरै श्रमदानले पनि गर्न सकिने सुन्तलाबाट बसीबसी आम्दानी र सुन्तलाको बोटैमा मोलमोलाई गर्ने ठेकेदार आउने भएकाले पनि कृषक सुन्तला खेतीप्रति आकर्षित हुन थालेका छन् ।

पकेट क्षेत्रकै रुपमा लिइएको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, भोजपुर नगरपालिकाको देउराली, हेलौछा, आम्तेक, बोखिम, पालुवा, दावा, सिद्देश्वर, गुप्तेश्वर, हतुवागढी गाउँपालिकाको रानीबास, अरुण गाउँपालिकाको साङपाङ, प्याउली, षडानन्द नगरपालिकाको मुलपानीलगायत ठाउँमा सुन्तला खेती गरिन्छ ।

यहाँ उत्पादित सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, काठमाडौँ लगायत बाहिर निकासी हुन्छ । सुन्तला उत्पादन हुने क्षेत्रमा प्रदेश तथा केन्द्र सरकारले सुन्तलाको पकेट तथा ब्लग स्थापना गरी कृषकलाई अनुदानको व्यवस्था गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.