हङकङमा सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटियो

हङकङमा सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटियो

हङकङः हङकङमा एउटा हतियारधारी समूहले १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेर लगेको छ। कोरोनाभाइरसको त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा थुपारेका कारण अहिले ट्वाइलेट पेपरको चरम अभाव भएको हो । मोङकक क्षेत्रको एक सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले कर्मचारीबाट ट्वाइलेट पेपर लुटेका हुन्।

प्रहरीले दुई जनालाई समातेर लुटिएका केही ट्वाइलेट पेपर जफत गरेको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घटना हङकङमा अपराधिक काम धेरै हुने स्थानमा भएको बताइएको छ । 

लुटेराहरूले वेलकम सुपरमार्केटबाहिर गाडीबाट ट्वाइलेट पेपर निकाल्दै गरेका कर्मचारीलाई चक्कु देखाएर तर्साएका थिए। ६०० रोल ट्वाइलेट पेपर लुटिएको थियो।

हङकङका पसलमा ट्वाइलेट पेपर पाउन गाह्रो हुन थालेको र पाइने पसलमा मानिसहरूको भीड लाग्ने गरेको छ । सरकारले आपूर्ति सहज भएको दाबी गरे पनि मानिसहरूले अनावश्यक मात्रामा ट्वाइलेट पेपर थुपार्न छोडेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.