प्रधानाध्यापकविरुद्ध चार मुद्दा

प्रधानाध्यापकविरुद्ध चार मुद्दा

काठमाडौं : नेपाने माध्यमिक विद्यालय, सिरानचोक १ गोरखाका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध भ्रष्टाचारका चारमुद्दा दायर गरिएको छ । उनले विद्यालय निर्माण, मर्मत, पाठ्यपुस्तक खरिदलगायत करिब ३० लाख हिनामिना गरेका छन् । 

साहले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्सका लागि तथा मर्मत शीर्षकमा प्राप्त रकम हिनामिना ३ लाख ५० हजार हिनामिना गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ । 

त्यस्तै साहले लाइब्रेरी व्यवस्थापनका लागि फिक्सिङ्ग र किताब खरिद शीर्षकमा निकासा भएको ६ लाख ५० हजारको दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । प्रधानाध्यापक साहले शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सव-इन्जिनियर विकास झासँग मिलोमतोमा विद्यालयका रकम दुरुपयोग गरेका छन् । 

छात्रावृत्ति, पोशाक, झोलाका लागि प्राप्त रकम सम्बन्धित विद्यार्थीलाई वितरण नै नगरी हिनामिना गरेको खुलेको छ । शौचालयको लागि प्राप्त रकम तथा मर्मत शीर्षकमा प्राप्त रकमबाट छात्रा शौचालय तथा फर्निचर मर्मत,निर्माण नै नगरी विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, झुठ्ठा नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाइ तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौटसमेत गराई सरकारी सम्पत्ती बदनियतसाथ हिनामिना गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ । 

छात्रवृत्ती, पोशाक र झोला खरिद तथा शौचालय निर्माणमा ५ लाख ९५ हजार ४ सय हिनामिना गरेका छन् । त्यही मुद्दामा  शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव-इन्जिनियर विकास झालाई अख्तियारले मुद्दा दायर गरेको छ ।

उनले शिवकुमार साहसँग मिलेमतो गरी बदनियतसाथ झुठ्ठा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी विद्यालयको लागि नेपाल सरकारबाट अनुदान प्राप्त मर्मत शीर्षक, छात्रा शौचालय निर्माण गरी नेपाल सरकारको ३ लाख ५० हजार हिनामिनाको अख्तियारको आरोप पत्रमा उल्लेख छ । 

यस्तै प्रधानाध्यापक साह र  प्राविधिक सव-इन्जिनियर  झाविरुद्ध सरकारी रकम अनियमितता गरेको सम्बन्धमा मुद्दा दायर भएको छ । 

प्रधानाध्यापक साहले तत्कालिन जिल्ला शिक्षा कार्यालय गोरखाबाट ट्रस भवन मर्मतका लागि प्राप्त १७ लाख ६० हजार रकम हिनामिना गरेका थिए । उनले त्यो रकम मध्ये ५ लाख मात्रै भवन मर्मत उपभोक्तासमितिलाई दिएको अनुसन्धानबाट खुलेको छ । अख्तियारका अनुसार प्रअ साहले ११ लाख १० हजारको विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाई तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौटसमेत गराएका थिए ।

त्यस्तै उनले साविक केराबारी गाविसबाट शैक्षिक सामग्री खरिद शीर्षकमा निकासा भएको ७५ हजार २९२ रुपैयाँको झुठ्ठा निर्णय तयार गरी, नक्‍कली बिल भरपाई पेश गरी आफूले गैरकानूनी लाभ लिएको थिए । प्रअ साहले १३ लाख ३२ हजार हिनामिना तथ्य पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

त्यस्तै सव-इन्जिनियर झाले शिवकुमार साहसँग मिलेमतो गरी ट्रस भवन मर्मतको रकम फरफारक गर्नका लागि झुठ्ठा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी ११ लाख १० हजार हिनामिना गरेको देखिएको छ । 

प्रअ साह र इन्जिनियर झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम फरक फरक सजायको मागसहित चार मुद्दामा  विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.