‘कार्यपालिका र व्यवस्थापिका इटहरी नसरे अनशन बस्छु’

‘कार्यपालिका र व्यवस्थापिका इटहरी नसरे अनशन बस्छु’

विराटनगर : प्रदेश १ की सांसद विष्णु तुम्बाहाम्फेले कार्यपालिका र व्यवस्थापिकाको संरचना सुनसरीको इटहरी क्षेत्रमा निर्माण नगरे अनशन बस्ने चेतावनी दिएकी छन् । 

मंगलबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै सांसद तुम्बाहाम्फेले ११ महिना अघि भएको यो सहमति कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन्। ‘११ महिना अघि भएको सहमति सरकारले भुल्यो’, सांसद तुम्बाहाम्फेले भनिन्, ‘अब पनी ती संरचना बनाउन प्रदेश सरकारले ध्यान नदिए सदनमा अनशन बस्छु।’ 

गत वैशाख २३ गते दलबीच बृहत विराट क्षेत्र अन्तर्गत कार्यपालिका र व्यवस्थापिकाको संरचना सुनसरीको इटहरी आसपासमा राखेर विराटनगरलाई राजधानी बनाउने सहमति भएको थियो । सम्झौतामा सुन्दरहरैचा पूर्वइटहरीको आसपासमा कार्यपालिका र व्यवस्थापिकाका बन्ने उल्लेख छ

सांसद तुम्बाहाम्फेले वर्षातको समयमा संसद सचिवालयसहित बैठकस्थल डुबेर बस्नसमेत नसक्ने अवस्था रहने भएकाले यसको व्यवस्थापन चाँडो गर्नसमेत प्रदेश सरकारसँग माग गरिन् । 

त्यसैगरी उनले शून्य समयमा सांसदले महत्वपूर्ण विषय उठाए पनि मन्त्रीहरु सदन नआउने हुँदा बोलेको कुरा हावामा उड्न थालेको टिप्पणी गरिन् । 

बाँदर आतंक रोक्न माग 

सांसद सावित्री जोशीले सुनसरीको धरान बजारसहित अधिकांश क्षेत्रमा बाँदर आतंक फैलिएको बताउँदै यसलाई रोक्न प्रदेश सरकारको ध्यान जानुपर्ने बताइन् । ‘जंगल आसपासका क्षेत्र मात्रै होइन, अहिले धरान बजारको घरभित्रै बाँदर पसेर बच्चालाई झम्टनेदेखि खाध्यन्न र फलफूल खाएर आतंक मचाएको छ,’ सांसद जोशीले भनिन् ‘अब बाँदरको उपध्रो रोक्न सरकारले केही कदम चाल्नै पर्‍यो ।’

सांसद ज्ञानेश्वर राजवंशीले हुलाकी राजमार्ग अन्तर्गत विराटनगरदेखि आम्बारीसम्म निर्माण भइरहेको हुलाकी सडक र यस क्षेत्रमा निर्माण भइरहेको पुल निर्माणका काम वर्षात अघिनै सक्न सरकारको ध्यानाकर्षण गरे । ‘यस क्षेत्रमा बनेको सडक र पूल वर्षातको समय अघि निर्माण नसकिए यो क्षेत्र जाने सडक बन्द हुन्छ भने, डुवानको समस्या पनि हुने भएकाले यो चाँडो निर्माण होस,’ सांसद राजवंशीले भने । 

वातावरण सम्बन्धमा बनेको विधेयक समितिमा
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुसियतले सदनमा पेश गरेको प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक दफावर छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।  

मंगलबारको सांसद बैठकमा राज्यमन्त्री विजयकुमार विश्वासले दफावर छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मत पारित भएपछि छलफलका लागि समितिमा पठाएको उपसभामुख सरस्वती पोखरेलले बताइन् । 

विधेकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफसमेत राज्यमन्त्री विश्वासले मंगलबारको बैठकमा दिएका छन् । सो विधेयकका विषयमा तीन दिन भएको छलफलमा ९सांसदले भनाइ राखेका थिए । संसदको अर्को बैठक फागुन १३ गते मंगलबार १ बजे बस्नेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.