त्रासमा दक्षिण कोरियाका नेपाली

त्रासमा दक्षिण कोरियाका नेपाली

काठमाडौं : दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि यहाँका नेपालीमा त्रास फैलिएको छ। बाहिर काम गर्ने नेपाली कामदारले असुरक्षित महसुस गरेका छन्। कोरियाको थेगु सहरबाट कोरोना संक्रमण फैलिएको हो।

कोरियामा रहेकी सञ्चारकर्मी मञ्जु गुरुङका अनुसार थेगुमा मृत्यु र विवाह भोज आयोजना गर्न सरकारले रोक लगाएको छ। देगु  क्षेत्रका ५ सय भन्दा बढी व्यक्तिमा संक्रमण फैलिएको कोरिया टाइम्सले जनाएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत गएका कामदार र अध्ययन गर्न गएका विद्यार्थी गरी ६० हजारको हाराहारीमा नेपाली कोरियामा छन्। थेगु सहरमा धेरै नेपाली कामदार कार्यरत छन्।

दक्षिण कोरियामै बस्ने अर्की सञ्चारकर्मी बाला राईले टेलिफोनमा भनिन्, ‘नेपाली आत्तिएका छन्। बाहिर काम गर्न जाने कामदारलाई अप्ठयारो छ।’ आफू कार्यरत कम्पनीमा सयौं नेपालीले एकैचोटी बिदाको निवेदन दिएका छन्। बिदा नपाएका कारण आउने/नआउने निर्णय गर्न नसकिएको एक नेपालीले जानकारी दिए।

सोमबारसम्म कोरोना संक्रमणबाट दक्षिण कोरियामा ७ जनाको मृत्यु भएको र अहिलेसम्म ७६३ जना संक्रमण देखिएको भनी कोरियन सञ्चार माध्यमहरुले दिएको छाङ्न्यङ्ग रहेका नेपाली कुमार गौतमले जानकारी दिए । 

अवस्था हेरी केही दिनमै आपतकाल घोषणा गर्ने तयारी भइरहेको कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।

यही मार्च २ गतेदेखि सुरु हुने विद्यालय तथा विश्व विद्यालयको नयाँ सेमेस्टार दुई साताका लागि पछि सारिएको छ। कोरियामा आप्रवासीको संख्या झण्डै २५ लाख छ। अहिलेसम्म कुनै मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छैनन्। चीन, जापान र थाइल्यान्डबाट कोरिया प्रवेश गर्न रोक लगाइएको छ।

कोरियाली सरकारले शनिबार नै सबै देशका दूतावासमा पत्राचार गरी आशंका लागेका नागरिकलाई स्वास्थ्य चौकीमा परीक्षणका लागि पठाउन अनुरोध गरेको छ। उसले उच्च तापक्रम देखिए जानकारी दिन तथा सावधानी अपनाउन अपिल गरेको छ।

थेगु क्षेत्रमा संक्रमण ह्वात्तै बढेपछि वरपरका सहरमा उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको छ। दक्षिण कोरियाका प्रधानमन्त्री चुङ से किउनले देशको आपतकालीन अवस्थालाई चिहानको संज्ञा दिँदै नागरिकलाई सरकारसँग समन्वय गर्न आग्रह गरेका छन्। ठूला राजनीतिक सभा तथा कार्यक्रम नगर्न पनि उनले अपिल गरेका छन्।

रोजगारदाता कम्पनीले नेपाली कामदारलाई सचेत रहन आग्रह गरेका छन्। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत काम गर्न गएका नेपालीलाई रोजगारदाता कम्पनीले साथीभाई भेट्न र घुम्न प्रतिबन्ध लगाएका छन्। नेपालीसहित विदेशी कामदारलाई कार्यालय तथा घरमा मास्क लगाएर बस्न निर्देशन दिएको छ।

कोरियाली सरकारले आपतकाल घोषणा गर्ने संभावना रहेको सरकारी अधिकारीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्। भाइरस संक्रमणबाट मृत्यु भएका र संक्रमित आवतजावत गरेका स्थानमा निगरानी बढाइएको छ।

सोलस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको समन्वयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। सचेतना समूह गठन गर्ने र विज्ञलाई आमन्त्रण गरी सचेतनामूलक कार्यक्रम प्रशारण गर्न थालिएको छ। बाहिर निस्केकाको निगरानी र स्वास्थ्य जाँचमा कडाइ गरिएको छ।

सिओलस्थित क्वाङउन विश्व विद्यालयका प्राध्यापक डा.भानु श्रेष्ठलाई उदृत गर्दै सिद्धार्थपोस्ट् अनलाईनले कोरियामा अहिले नै मास्क अपर्याप्त हुन थालेको जनाएको छ। उक्त अनलाइनसँग कुराकानी गर्दै डा.भानुले भने, ‘अहिले म मास्क किन्न बजार निस्किएको थिएँ। मास्क सर्टेज भइसकेको छ।’

थेगुको एउटा चर्चबाट फैलिएको भनिएको कोभिड–१९ बाट ४ सयभन्दा बढी घटना फेला परेको छ। सिनेमा घर, चर्च, रेस्टुराँ र बजार जाँदा मास्क लगाउन आह्वान गरिएको छ। ‘हाइअर्लट’ मा रहेका कोरियाली चिकित्सक कोभिड–१९ संक्रमण रोक्ने भ्याक्सिन निर्माण तयारीमा जुटेका छन्।

सजग रहन दूतावासको आग्रह

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सचेत रहन सिओलस्थित नेपाली दूतावासले आग्रह गरेको छ। दूतावासले वेबसाइटमार्फत विभिन्न कोरियाली निकायबाट प्राप्त सचेतना र सुरक्षा जानकारीलाई प्रचार समेत गर्दै आएको छ।

सूचनामा अवैधानिक रूपमा बस्दै आएकालाई संक्रमणको शंका लागे स्वास्थ्य जाँच तथा उपचार गराउँदा पक्राउ नगरिने, स्वदेश नफर्काउने तथा बिरामीको कानुनी हैसियत बारे नसोध्न अस्पताललाई निर्देशन दिइएको छ। लेबनान र इजरायलसहित विश्वका ३० देशमा यो भाइरस फैलिएको छ। चीन बाहेक अन्य मुलुकमा भाइरसबाट संक्रमित हुनेको संख्या १५ सय नाघिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.