ओलीले भने-'विपक्षी कुखुराका चल्ला'

ओलीले भने-'विपक्षी कुखुराका चल्ला'

 पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट असाधारण काम भइरहेको बताएका छन् । तर प्रतिक्रियावादीले भ्रम फैलाउने काम गरेको उनले बताए । ‘कुखुराको चल्लाले फट्यांग्रो टिपेर खुरुरु दौडिएपछि अरू चल्ला पनि के टिप्यो भन्ने नै नबुझी पछिपछि दौडन्छन्’, ओलीले भने, ‘विपक्षीले त्यस्तै गरेका छन् ।’ सोमबार उनी पोखरामा गण्डकी प्रदेशका कार्यकर्तालाई सम्बोधन गर्दै थिए । कार्यकर्ता प्रशिक्षणका लागि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि आउने भनिएको थियो । झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहित प्रशिक्षणमा उपस्थित रहे ।

‘प्रतिक्रियावादीले पासो थाप्छन् । अपमान गर्नुपर्छ भनेर संयन्त्र प्रयोग गर्छन् । भयानक प्रचार छेड्छन् र आक्रमण गर्छन्’, ओलीले भने । उनले सरकारबाट अहिले र भोलिका लागि पनि काम भएको दाबी गरे । ‘१÷२ वटा काम गरेर पपुलिस्ट हुने, सस्तो लोकप्रियता कमाउने सरकार होइन यो’, उनले भने । आफूले नजितेपछि अधिनायकवाद भइहाल्ने मानसिकता कतिपयमा रहेको उनको भनाइ छ । ओलीले नेकपा सरकारले ‘विश्वले नै शिक्षा लिने’ काम गरेको दाबीसमेत गरेका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिस्ट जनतासँग जोडिनुपर्ने र नजोडिए भविष्य नरहने विचार व्यक्त गरे । पार्टीको प्रदेश इन्चार्जसमेत रहेका गुरुङले सादा जीवन उच्च विचारको आदर्श कम्युनिस्टले छोड्दै गएको बताए । ‘एमसिसीका केही बुँदा स्वीकार गर्न नसकिने खालका छन्’, खनालले भने, ‘अमेरिकाले दिने ५० करोड डलरको अनुदानलाई नराम्रो भन्न सकिन्न ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.