शल्यक्रियाको समयमा भ्वाइलिन बजाउँदै महिला

शल्यक्रियाको समयमा  भ्वाइलिन बजाउँदै महिला

चिकित्सा इतिहासमा यस वर्षको जनवरी ३१ विशेष दिन रह्यो। बेलायतको लन्डनस्थित किङ्स कलेज हस्पिटलमा ऐतिहासिक शल्यक्रिया भयो। गत बिहीबार त्यस शल्यक्रियाको भिडियो फुटेज सार्वजनिक भएपछि संसारभरिका मान्छे चकित भए। 

डग्मार टर्नर, ५३, पेशाले व्यवस्थापन सल्लाहकार हुन्। भ्वाइलिन उनको जीवनको एक मात्र प्रेम हो। बाल्यकालदेखि नै भ्वाइलिन बजाउँथिन्। आइल अफ वाइटकी बासिन्दा उनी मस्तिष्कमा ट्युमर पलाएका कारण बिरामी थिइन्। 

जनवरी ३१ मा उनको मस्तिष्कको शल्यक्रिया भएको थियो। शल्यक्रियाअघि उनलाई एउटै डर थियो– ‘शल्यक्रियापछि कतै भ्वाइलिन बजाउन नसक्ने पो हो कि ? डाक्टरहरूले औँलाको चाल नियन्त्रण गर्ने दिमागको भागमा क्षति पुर्‍याइदिने हुन् कि ?’ 

शल्यक्रियाअघि उनले चिकित्सकको समूहसँग अनौठो माग राखिन्। ‘शल्यक्रिया चलिरहँदा मलाई भ्वाइलिन बजाउन दिनुहोस्’– उनको अचम्मको चाहना थियो। चिकित्सकहरूले उनको संगीत–प्रेमको सम्मान गर्दै भ्वाइलिन बजाउन अनुमति दिए। र, चिकित्सा इतिहासमा एउटा अनौठो शल्यक्रिया सम्पन्न भएको थियो।  

अस्पतालका न्युरोसर्जन प्राध्यापक केयुमार्स आस्कानले डग्मारको इच्छा पूरा गरिदिए। डाक्टरहरूले उनको टाउकोको शल्यक्रिया सुरु गरे। उनी भने आँखा चिम्लिएर भ्वाइलिन बजाउन थालिन्। हालसालै सार्वजनिक भएको भिडियोमा उनले मग्न भएर भ्वाइलिन बजाएको देखिन्छ। 

‘हामीले ट्युमरको ९० प्रतिशत भाग हटाउन सक्यौँ,’ प्राध्यापक आस्कानले भने, ‘उनको देब्रे हातका काम प्रभावित हुनेछैनन्।’ 

डग्मारले चिकित्सकहरूप्रति आभार व्यक्त गरिन्। ‘भ्वाइलिन मेरो आसक्ति हो,’ उनले भनिन्, ‘१० वर्षको उमेरदेखि भ्वाइलिन बजाउँदै आएकी छु। शल्यक्रियापछि भ्वाइलन बजाउने क्षमता गुम्ने हो कि भन्ने डरले मलाई सताएको थियो। त्यसैले शल्यक्रिया भइरहँदा मैले मेरो प्रिय भ्वाइलिन बजाएँ।’ उनी अहिले स्वास्थ्यलाभ गरिरहेकी छिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.