माटोको ढिस्को खस्दा एकको मृत्यु, चार घाइते
डडेल्धुरा : डडेल्धुरामा माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका– २ बेडपानीमा रहेको अमरघाट झोलुङे पुलको फाउण्डेशनमा काम गरिरहेका मजदुर माथि पहिरो जाँदा उक्त घटना भएको प्रहरीले जनाएको छ।
माटोको ढिस्को खस्दा पुरिएर नवदुर्गा ३ बेडपानी बस्ने ६६ वर्षीय डम्मरे लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।
घटनामा ५० वर्षीय पतीराम भट्ट, ६६ वर्षीय टेकबहादुर साउद, ४५ वर्षीय शिवराज भट्ट र ७९ वर्षीय टिकाराम भट्ट घाइते भएका छन्। घाइतेहरुको उद्धार गरी डडेल्धुरा अस्पतालमा उपचार भई रहेको डीएसपी न्यौपानेले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए।
प्रतिक्रिया दिनुहोस !