‘मलाई तर्साउन खोजियो’

‘मलाई तर्साउन खोजियो’

काठमाडौं : सत्तारुढ दल नेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले नेपाल ट्रस्टको जग्गा प्रकरणमा सरकारले आफूलाई तर्साउन खोजेको भन्दै आक्रोश पोखेका छन्। ‘प्रधानमन्त्रीज्यू र रक्षामन्त्रीबाट म जवाफ चाहन्छु- मलाई तर्साउन खोजिएको हो वा आत्मसमर्पण गराउन खोजिएको हो ? ’, प्रतिनिधिसभा बैठकमा बिहीबार उनले विशेष समय लिएर भने, ‘म सत्यका अगाडि कहिल्यै झुक्दिनँ र म तर्सिँदा पनि तर्सिन्नँ।’

आफू गृहमन्त्री भएका बेला ट्रस्टको जग्गा व्यक्तिका नाममा नामसारी गरेको भन्दै सरकारले सार्वजनिक गरेको श्वेतपत्रप्रति उनले असन्तुष्टि जनाएका हुन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ट्रस्टको जग्गा विवरण र पूर्ववत् सरकारका निर्णय भन्दै मंगलबार श्वेतपत्र जारी गरेका थिए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रस्टका संरक्षक र गृहमन्त्री शर्मा अध्यक्ष रहेका बेला ताहाचल सोल्टी आउटर कम्प्लेक्सको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गरिएको श्वेतपत्रमा उल्लेख छ। देउवाले बुधबार ट्रस्टको जग्गा लिजमा दिने निर्णयमा आफू संलग्न नरहेको भन्दै विज्ञप्ति जारी गरेका छन्। अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मातातीर्थस्थित ट्रस्टको १ सय ७३ रोपनी जग्गा आफूले कानुनसम्मत रूपमा मोही खडा गरी नामसारी गरिदिएको बताएका छन्।

पूर्वगृहमन्त्री शर्माले ट्रस्टको जग्गा लिजमा दिने निर्णयमा आफू संलग्न नभएको बताए। ‘म मन्त्री नै नभएका बेला जबरजस्ती नाम लेख्ने कुरा र कर्मचारीले होइन भन्दाभन्दै मेरो नाम लेखिनुको कारण के ? ’, उनले भने, ‘सरकारलाई कसरी विश्वास गर्ने ? विश्वासको संकट प¥यो यहाँ। आफ्नै पार्टीको सरकारलाई सहयोग गर्नेविरुद्ध हुँदै नभएको नाम लेख्नुको कारण के ? यो श्वेतपत्र हो कि अश्वेतपत्र ? जस्ताको तस्तै विषय जनतामाझ ल्याउन पो श्वेतपत्र जारी हुन्छ त।’

उनले श्वतेपत्रमा नाम आएपछि आफू ट्रस्टको कार्यालय पुगेको सुनाए। त्यहाँका कर्मचारीले पुराना फाइल हेर्न नदिएको उनको भनाइ थियो। ‘फलानो-फलानो मान्छेले ट्रस्टको जग्गा लिज दिए भनेर मैले मिडियामा पढें। तथ्य के होला भनेर म ट्रस्टको कार्यालय गएँ’, उनले भने, ‘ट्रस्टको कार्यालयमा तथ्य के रहेछ भनेर जान्न र हेर्न मैले निवेदन पनि दिएँ तर मलाई हेर्न दिइएन।’

उनले त्यहाँका कर्मचारीले ‘ताल्चा लागेको छ, खोल्न मिल्दैन’ भन्ने जवाफ दिएको सुनाए। ‘मैले त्यहाँका कर्मचारी साथीहरूसँग सोधें, मेरो नाम पनि आयो, म गृहमन्त्री हुँदा ट्रस्टको कार्यालयमा पसेको थिइनँ। मेरो नाम कसरी आयो भनेर प्रश्न गरें’, उनले भने, ‘हैन, हामीले त हजुरको नाम छैन, उहाँले मिटिङ गर्नुभएको छैन भनेका थियौं। उहाँको पालामा कुनै निर्णय भएको छैन। हामीले भनेको सत्य कुरा त्यही हो भनेर त्यहाँका कर्मचारी साथीहरूले भन्नुभयो।’

अहिलेको मुख्य सचिव तथा आफू गृहमन्त्री हुँदाका सचिवले पनि यो विवरण बिल्कुलै झुटा भएको जवाफ आफुलाई दिएको उनले सुनाए। आफू राज्य व्यवस्था समितिमा रहँदा संविधानविपरीतका ऐन सच्याउने र भ्रष्टाचारको विरोध गर्दा रिस साँध्न आफ्नो नाम श्वेतपत्रमा परेको हुन सक्ने उनको भनाइ थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.