बाल सुधार गृहमा लुतोको संक्रमण

बाल सुधार गृहमा लुतोको संक्रमण

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा छाला रोगको संक्रमण देखिएको छ । त्यहाँ रहेका एक सय ३५ जनामध्ये अधिकांशमा लुतो र दाद देखिएको छ । 

लायन्स क्लब नेपालगन्ज पीएनएलएफको आयोजना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा बिहीबार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा उपचार गरेका एक सय ३२ जनामा लुतो र दादको संक्रमण भेटिएको छाला रोग विशेषज्ञ डा.कुमार पोख्रेलले जानकारी दिए । 

उनले भने, 'एकै ठाउँमा बस्नेहरुमा लुतो चाँडो संक्रमण हुन्छ । ओछ्यान, लुगा, चप्पलको साझा प्रयोग हुँदा संक्रमण चाँडो चाँडो फैलन्छ । उपचार गरिएका अधिकांशमा लुतो र दादको समस्या पाइयो ।'

 
स्वास्थ्य शिविरमा उनीहरुलाई निःशुल्क औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले बताए । बाल गृहमा एक वर्षदेखि  लुतो र दादको समस्या रहेको र जति उपचार गर्दा पनि निको नभएको बाल सुधार गृह प्रशासनले जनाएको छ । 

यसअघि भेरी अस्पतालका चिकित्सकले पनि बाल सुधार गृह पुगेर नै उपचार गरेका थिए । स्वास्थ्य शिविरमा लायन्स क्लब नेपालगन्ज पीएनएलएफका अध्यक्ष रश्मी कनोडिया, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका वोर्ड अफ डाइरेक्टर अजय कनोडिया, अस्पतालका सहायक निर्देशक डा.नितेशकुमार कनोडिया र क्लबका संस्थापक अध्यक्ष सन्जय थापालगायतको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.