अनुसन्धान प्लान्ट स्थापना

अनुसन्धान प्लान्ट स्थापना

सुर्खेत : अर्गानिक प्रदेश घोषणा भएपछि पहिलो पटक सुर्खेतमा अर्गानिक अनुसन्धान प्लान्ट स्थापना गरिएको छ। एकीकृत अर्गानिक कृषि मोडेलअनुसार सुर्खेतको वीरेन्द्रनगर–११ गाग्रेतालमा रहेको राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय परिसरमा अर्गानिक अनुसन्धान प्लान्ट स्थापना गरिएको हो। कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मंगलबारदेखि वीरेन्द्रनगरमा सुरु भएको दोस्रो कर्णाली एक्स्पो तथा अर्गानिक कृषि, लघु, घरेलु उद्योग, पर्यटन, साँस्कृतिक, हस्तकला तथा व्यापार महोत्सवका अवसरमा अनुसन्धान प्लान्टको घोषणा गरेको छ।

कर्णाली प्रदेशलाई रासायनिक मल र विषादीमुक्त बनाउने उद्देश्यले स्थापना भएको अर्गानिक अनुसन्धान प्लान्टको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हु्। अर्गानिक अनुसन्धान प्लान्टमा आधुनिक प्रविधिबाट यहाँका रैथाने अन्नबाली तथा फलफूल खेतीको अनुसन्धान भइरहेको छ। कर्णालीलाई अर्गानिक खाद्यवस्तुमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्यनुसार प्लान्टमा सबै प्रकारका अर्गानिक उत्पादन वृद्धि तथा खेती प्रविधिबारे अनुसन्धान हुेछ। प्लान्टको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले अर्गानिक खेतीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव भएको बताए। ‘कर्णालीका अर्गानिक खाद्यवस्तुको विश्व बजारमै माग बढेको छ’, उनले भने, ‘अब यसलाई व्यावसायिक रूपमै स्थापित गर्न सके यहाँका नागरिक मात्रै आर्थिक रूपमा सवल हुे छैनन्, देशकै अर्थतन्त्र बलियो हुेछ।’

मानव तथा जीवजन्तुको स्वास्थ्यका लागि विषादीयुक्त खाद्य उत्पादन अन्त्य गर्नुपर्ने भन्दै कर्णालीको अर्गानिक उत्पादनको अभियान देशभर सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ। कर्णालीका अन्य जिल्लाको तुलनामा सुर्खेतमा बढी रासायानिक मलको प्रयोग हुे भएकाले सुर्खेतबाटै अर्गानिक अन्नबाली उत्पादन तथा वितरणको तयारी थाल्न अनुसन्धान प्लान्टको अवधारणा ल्याइएको हो। परम्परागत खेती प्रविधिको प्रयोग गर्दै अर्गानिक वस्तु उत्पादन तथा निर्यात दर बढाउन आवश्यक योजना र बजेट व्यवस्थापन गरिएको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन्।

उनकाअनुसार अर्गानिक अनुसन्धान प्लान्टमा कृषि विज्ञ र विद्यार्थीले अर्गानिक अन्नबाली तथा फलफूल उत्पादन र प्रविधि हस्तान्त्रणबारे अनुसन्धान गर्नेछन्। प्लान्टमा कृषि विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई प्रयोगात्मक सीप सिकाउनुका साथै अर्गानिक खेतीमा आकर्षण गराउने लक्ष्य छ। प्रदेश सरकारले कर्णालीका हरेक जिल्लाका एक÷एक वटा स्थानीय तहमा अर्गानिक मोडेलअनुसार खाद्यवस्तु उत्पादन गर्ने अवधारणा लिएको छ।

अर्गानिक प्रदेश कार्यान्वयनका लागि विषादीयुक्त खाद्य तथा फलफूल भित्रिन नदिन सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा विषादी प्रयोगशाला निर्माणको काम तीव्र पारिएको छ। अर्गानिक प्रदेश कार्यान्वयनका लागि सुर्खेत उद्योग वाणिज्य संघले उपराष्ट्रपति पुन समक्ष १७ बुँदे मागपत्र पेस गरेको छ। मागपत्रमा कर्णालीमै अन्तर्राष्टियस्तरको विमानस्थल निर्माणदेखि राजमार्ग मर्मत, नयाँ सडक विस्तार, ठूला कलकारखाना तथा औद्योगिक क्षेत्र स्थापना, विद्युत् प्रसारण लाइन विस्तारजस्ता माग छन्। 

वीरेन्द्रनगर–११ गाग्रेतालमा रहेको राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय परिसरमा स्थापना भएको अर्गानिक अनुसन्धान प्लान्टमा बिरुवा रोप्दै उपराष्ट्रपति नन्दबहादुर पुन। नन्दराम जैसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.