बुङका आलुको माग उच्च

बुङका आलुको माग उच्च

ओखलढुंगा : ओखलढुंगाका लेकाली क्षेत्रमा बुङ बनाएर उत्पादन गरिएकोमध्ये ७० प्रतिशत जिल्लाबाहिर बिक्री हुने गरेको छ। यसवर्ष जिल्लामा बुङमा रोपिएको आलु ६ हजार ५ सय मेट्रिक टन उत्पादन भएको थियो। यसमध्ये ४ हजार ६ सय मेट्रिक टन आलु बाह्य जिल्लामा बिक्री भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) को अभिलेख छ। यो तथ्यांक कुल उत्पादनको ७० प्रतिशत हो।

उत्पादित आलुमध्ये ३० प्रतिशत स्थानीय हाटबजार र कोसेलीका रूपमा खपत भएको कार्यालयको तथ्यांक छ। ५० रुपैयाँ प्रतिकेजी पर्ने बुङमा रोपिएको आलु समयअगावै किसानका घरबाटै बिक्री भएको छ। स्वादिलो र अर्गानिक भएकाले उपभोक्ताको रोजाइमा बुङको आलु पर्ने गरेको छ। लेकाली क्षेत्रमा झाडी फँडेर जलाएर साना साना ड्याङ बनाएर खरानी र माटोमा रोपिने आलुलाई बुङको आलु भनेर चिनिन्छ।

जिल्लाका लेकाली क्षेत्रका किसानले माटो र झारपातको चपरी उप्काएर थुप्रो बनाएर आगोले पोलेपछि त्यसमा आलु रोप्दै आएका छन्। बुङको आलुमा रासायनिक मल तथा विषादी प्रयोग नगरिने भएकाले पूर्णतया अर्गानिक मानिन्छ। बुङको आलु खिजिदेम्बा गाउँपालिकाको वडा ६, ७, ८ र ९, मोलुङ गाउँपालिकाको वडा ६, ७ र ८, सिद्धिचरण नगरपालिकाको वडा ५, ६ र ७ तथा चिशंखुगढी गाउँपालिकाको वडा ७ लगायत २ हजार मिटरभन्दा माथिका क्षेत्रमा हुँदै आएको छ।

जिल्लामा २ हजार ९ सय ४७ हेक्टर क्षेत्रमा आलुखेती गरिने भए पनि १ हजार ४६३ हेक्टर क्षेत्रमा बुङ बनाएर आलु रोप्ने गरिएको छ। बुङको आलुको माग बाह्य जिल्लाबाट अत्यधिक आउन थालेको अगुवा किसान राजेश श्रेष्ठ बताउँछन्। जिल्ला बाहिर नै माग धेरै भएकाले बुङको आलु बजारसम्मै आइपुग्न पाउँदैन। बजारमा आए पनि हारालुछ हुने उपभोक्ता रोजन राईको भनाइ छ। स्वादिलो र स्वस्थ भएकाले सबैको रोजाइ बुङको आलुमा गएको राईले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.