पञ्चेश्‍वर बनाउन राष्ट्रपतिको जोड

पञ्चेश्‍वर बनाउन राष्ट्रपतिको जोड

महेन्द्रनगर : राष्ट्रपति विद्यादेवी भण्डारीले पञ्चेश्वर परियोजना ‘परिवर्तनको संवाहक’ भएको बताएकी छन्। यसको निर्माणमा लाग्न उनले सबैलाई आग्रह गरेकी छन्।

उनले पश्चिम सेती, कैलाश मानसरोवर पहुँचमार्ग सम्पन्न गर्न सम्बन्धित पक्ष दत्तचित्त भएर लाग्नुपर्ने बताइन्। दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, महाकाली नदीमा चार लेनको पुल र अन्य ठूला पूर्वाधार निर्माणमा ढिलाइ नगर्न उनले आग्रह गरिन्।

कृषि क्षेत्रको विकास गर्न सके सुदूरपश्चिममा रोजगारीको ठूलो सम्भावना रहेको धारणा उनले व्यक्त गरिन्। ‘कृषिको आयात प्रतिस्थापन गर्न सके नेपालमै रोजगारी पनि हुन्छ भने देशको आर्थिक अवस्थामा पनि सुधार आउँछ’, कञ्चनपुरको भीमदत्त नगरपालिकाले आयोजना गरेको तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवलाई सम्बोधन गर्दै उनले भनिन्।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष प्रवेशद्वारमा रहेको मजगाउँ विमानस्थलमा आयोजना गरिएको महोत्सव उद्घाटन यसअघि भए पनि राष्ट्रपतिले शुक्रबार सम्बोधन गरेकी हुन्। उनले आर्थिक वृद्धि हासिल गर्न व्यावसायिक उत्पादनमा जोड दिनुपर्नेे बताइन्।

उनले शिक्षा आर्थिक समृद्धिको जग भएको बताइन्। उच्च शिक्षा प्रदान गरिरहेका शैक्षिक केन्द्रहरूलाई सुदृढ तुल्याएर उच्च स्तरको प्राविधिक तथा व्यावसायिक जनशक्ति उत्पादनमा उनले जोड दिइन्। ‘उच्च स्तरको प्राविधिक तथा व्यवसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्छ’, उनले भनिन्, ‘सामुदायिक विद्यालयहरूमा भौतिक तथा शैक्षिक पूर्वाधार विकास गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सम्बन्धित पक्ष क्रियाशील हुनुपर्छ।’

उनले सुदूरपश्चिममा दिगो आर्थिक वृद्धि हासिल गर्न उद्योग, होटल, होमस्टे सडक तथा सञ्चार सेवाको सुदृढीकरण आवश्यक रहेको बताइन्। शुक्लाफाँटामा रहेको ठूलो घाँसे मैदान र बाह्रसिंगेको ठूलो बथानले पर्यटक आकर्षण गर्ने उनको भनाइ थियो। ‘त्यस क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्न सम्बन्धित निकाय अग्रसर हुनुपर्छ’, उनले भनिन्।

राष्ट्रपतिले शुक्रबार बिहान डडेलधुराको अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा भगवती मन्दिरको दर्शन गरेकी थिइन्। मन्दिर परिसरमा कलश लिएका विद्यार्थी, नेपालको झन्डा बोकेका कर्मचारीसहित पञ्चैबाजाले राष्ट्रपतिलाई स्वागत गरिएको थियो। उनको स्वागत तथा अभिनन्दन कार्यक्रममा जनप्रतिनिधि, मन्दिरका पुजारी, धामीलगायत उग्रतारामा रहेको वेदविद्या श्रमा अध्ययनरत वटुक, उग्रतारा क्षेत्र विकास समितिका पदाधिकारीको उपस्थिति थियो। नगरपालिकाले राष्ट्रपतिलाई नागरिक अभिनन्दनसमेत गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.