मलेसियन राजाले नियुक्त गरे नयाँ प्रधानमन्त्री
क्वालालम्पुर : मलेसियाका राजाले नयाँ प्रधानमन्त्रीको रुपमा मुहिद्धीन यसीनलाई नियुक्त गरेका छन् ।
पछिल्लो राजनीतिक संक्रमणका बीच सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । यसअघि गृहमन्त्री बनिसकेका मुहिद्धीन बर्सातु पार्टीका अध्यक्ष समेत हुन् । यही आइतबार उनले सपथ ग्रहण गर्ने कार्यक्रम छ ।
महाथिर मोहम्मदले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि मलेसियामा राजनीतिक अन्योल सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !