बूढासुब्बा गोल्डकपको उपाधि मनाङलाई
धरान : मनाङ मस्र्याङ्दी क्लबले २२औं बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।
धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता मनाङले नगद १० लाख पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको पुलिसले पाँच लाखमा चित्त बुझायो ।
मनाङलाई उपाधि दिलाउन दयानन्द सिंहले खेलको ११औं, निशान लिम्बूले ४९औं र विमल रानाले ९३औं गोल गरेका थिए । पुलिसका लागि एक मात्र गोल भोला सिलवालले गरे । मनाङका पुजन उपरकोटीले डिबक्स एरियामा बललाई हातले छोएपछि पुलिसले पेनाल्टी पाएको थियो ।
खेल अवधिभर मनाङले पुलिसलाई दबाबमा राखेको थियो । फाइनल खेलको म्यान अफ दी म्याच मनाङका अञ्जन विष्ट घोषित भए । उनले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मनाङका सुरज विक घोषित भए । उनले एक थान स्कुटर प्राप्त गरे । सर्वाधिक गोलकर्ता मनाङका दयानन्द सिंह घोषित भए । उनले नगद ३५ हजार प्राप्त गरे । उत्कृष्ट मिडफिल्डर मनाङका पुजन उपरकोटी, गोलरक्षक मनाङका अशोक बराल, डिफेन्स पुलिसका सुमन सुवेदी र फरवार्ड पुलिसकै जुमनु राई घोषित भए । मनाङका फुजा टोपे उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागत रूपका उत्कृष्ट सबैले नगद २५ हजार प्राप्त गरे ।
विजेतालाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले पुरस्कार प्रदान गरेका थिए ।